छङतु विश्व विश्वविद्यालय खेलकुद समारोहले छङतुलाई के दिएको छ?
2023-08-07 10:12:34cri
Share with:

अगस्ट ८ तारिख, ३१औँ विश्व विश्वविद्यालय ग्रीष्म खेलकुद समारोह चीनको छङतु सहरमा सम्पन्न हुने छ। युवाको यस विश्व विश्वविद्यालय खेलकुदको भव्य समारोहले छङतुलाई अमूल्य सम्पदा दिएको छ। 

पहिलो, खेलकुद रङ्गशालाहरू हुन्। छङतु विश्व विश्वविद्यालय खेलकुदमा जम्मा ४९ वटा रङ्गशालाहरू प्रयोग भएका थिए र यी मध्ये धेरैजसो विश्वविद्यालयमा निर्माण गरिएकाले सो खेलकुद समारोहपछि विश्वविद्यालयहरूले प्रयोग गर्ने छन्। 

छङतु विश्वविद्यालयमा निर्माण भएका खेलाडी बस्ने गाउँहरू पनि खेलकुद समारोहपछि छङतु विश्वविद्यालयलाई हस्तान्तरण गरिने छ। यसबाट छङतु विश्वविद्यालयको शिक्षाको विकास हुनुका साथै विश्व युवा विद्यार्थीकालागि दानप्रदान गर्ने चौतारो बन्ने छ। 

यसका साथै विश्व विश्वविद्यालय खेलकुद समारोहसँगै छङतुको यातायात पूर्वाधारमा सुधार एको छ। यी यातायात पूर्वाधार प्रबन्धले भविष्यमा छङतुका नागरिकलाई अझ बढी सुविधा पुर्याउने छ।