मार्सल आर्टका खेलाडी छाउ माउ युआनद्वारा ग्रीष्मकालीन विश्व युनिभर्सिआडको पहिलो स्वर्ण पदक प्राप्त
2023-08-07 09:20:59cri
Share with:

गत जुलाई २९ तारिख चिनियाँ खेलाडी छाउ माउ युआनले छङ तुमा आयोजित ग्रीष्मकालीन विश्व युनिभर्सिआडको मार्सल आर्टको पुरुष नान बक्सिङ प्रतियोगितामा यस पटकको युनिभर्सिआडको पहिलो स्वर्ण पदक प्राप्त गर्नुभएको छ। यो चिनियाँ प्रतिनिधि मण्डलको पहिलो स्वर्ण पदक पनि हो। यस पटकको ग्रीष्मकालीन विश्व युनिभर्सिआडको मार्सल आर्ट प्रतियोगितामा खेलाडीहरुले उत्कृष्ट उपलब्धि प्राप्त गर्न कोसिस गर्नुका साथै “मार्सल आर्टमार्फत साथी बनाउने” तरिकाबाट चिनियाँ संस्कृतिको प्रचार-प्रसार गरेका छन्।

 

मार्सल आर्ट प्रतियोगिता ग्रीष्मकालीन विश्व युनिभर्सिआडमा देखा परेको यो दोस्रो पटक हो। छङ तु खेलकुद क्याम्पसका विद्यार्थी छाउ माउ युआनले उत्कृष्ट उपलब्धिबाट छङ तु युनिभर्सिआड तथा चिनियाँ प्रतिनिधि मण्डलको पहिलो स्वर्ण पदक जित्नुभयो। प्रतियोगितापछि उहाँलाई धेरै खुसी लाग्यो। युनिभर्सिआड मार्सल आर्ट प्रचार प्रसारका लागि एउटा महत्त्वपूर्ण चौतारो बनेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो,

हाम्रा छङ तुबासीहरुलाई मार्सल आर्ट मन पर्छ। यस पटकको प्रतियोगितामा स्वर्ण पदक जितेको कुराले हामीले मार्सल आर्टको राम्रोसँग प्रचार प्रसार गरेका स्पष्ट पारेको छ। विश्व युनिभर्सिआडको आयोजनाबाट अरु बढी मानिसहरुले चिनियाँ मार्सल आर्टको विशेषता देख्न सकेका मलाई विश्वास छ, जसबाट अरु बढी मुलुकका मानिसहरुले मार्सल आर्टबारे जानकारी लिन सक्ने र त्यसलाई माया गर्न सक्ने छ।

 

यस पटकको मार्सल आर्ट प्रतियोगितामा भाग लिएका खेलाडीहरुले मार्सल आर्टलाई खुब मन पराएर धेरै वर्षसम्म मिहिनेतका साथ तालिम लिएका हुन्। छङ तुमा उहाँहरुले प्रतिस्पर्धाको सपना मात्र नभई “मार्सल आर्टमार्फत साथी बनाउने” सपना पनि तुल्याउनुभयो।

 

मार्सल आर्टको पुरुष नान बक्सिङ प्रतियोगितामा कांस्य पदक जितेका इरानका खेलाडी शाहीनले भन्नुभयो,

प्रतियोगितामा भाग लिन पाएर कांस्य पदक जितेकोमा मलाई धेरै खुसी लाग्यो। यस पटक शक्तिशाली प्रतिद्वन्द्वी भेटेपछि मलाई पनि धेरै खुसी लाग्यो। विगत केही वर्षयता मैले उहाँहरुसँगै प्रतिस्पर्धा गर्नसक्ने आशा गरेँ। यस पटक मेरो आशा पूरा भयो, मलाई धेरै खुसी लाग्यो।

 

ब्राजिलका खेलाडी छन सिन ईले आफूका लागि मार्सल आर्ट अभ्यास गर्ने सबैभन्दा महत्त्वपूर्ण कारण धेरै साथी बनाउनु हो भन्ने ठहर गर्नुभयो। मार्सल आर्टको पुरुष नान बक्सिङ प्रतियोगितामा रजत पदक जितेको चीनको हङकङका खेलाडी लिउ च लोङले आफू र छाउ माउ युआन सानो उमेरदेखि सँगै हुर्केका बताउनुभयो। पहिले चीनमा तालिम लिनुभएकोले अमेरिकी खेलाडी डान्नीलले पनि धेरै चिनियाँहरुलाई साथी बनाउनुभयो। उहाँले भन्नुभयो,

चीनमा आएको बेलामा हामीले चिनियाँ खेलाडीहरुसँगै बसेर खाना खाँदै तालिम लियौँ। हामीले चिनियाँ संस्कृतिको प्रत्यक्ष अनुभव गरेका थियौँ।

 

मार्सल आर्टले खेलाडीहरुलाई प्रतिस्पर्धा बाहेक अरु धेरै चिज ल्याएको छ। महिला नान चक्कु प्रतियोगितामा च्याम्पिएन प्राप्त गरेकी चिनियाँ खेलाडी सोङ छुई फाङले भन्नुभयो,

मार्सल आर्टबाट म धेरै आत्म विश्वास छु। तालिमबाट म धेरै खुसी छु। जुनसुकै बेलामा तालिमबाट म आराम हुन्छु। त्यसैले मलाई मार्सल आर्ट धेरै मन पर्छ।

 

थाई ची तरवार प्रतियोगितामा संगीत रहेकाले ब्रुनाईका खेलाडी ह्वाङ चङ युले आफूलाई मन पर्ने चिनियाँ संगीत पाउनुभयो।

 “म तपाईँ चीनलाई माया गर्छु” शीर्षकमा यो चिनियाँ संगीत बाहेक, वास्तवमा पुरुष थाई ची तरवार प्रतियोगितामा धेरै विदेशी खेलाडीहरुले चिनियाँ संगीत छान्नुभयो। मार्सल आर्टबाट चिनियाँ संस्कृति विश्वका अरु बढी मानिसहरुको मनमा भित्रिएको छ।