#अल्पसंख्क जाति# पठारभूमिका चुनौति-१
2023-08-08 09:22:27cri
Share with:

विश्वको छानो छिङहाइ-तिब्बत पठारभूमि चुनौति बुद्धि, साहस र आध्यात्मिक बलको प्रतीक हो। तिब्बत स्वायत् प्रदेशीय सरकारमा कार्यरत प्यानपा हिमालय पठारभूमिका चुनौति मानिएका व्यक्ति हुनुहुन्छ। उहाँले त्यस्तो के काम गर्नुभयो? के योगदान दिनुभयो? आजको अल्पसंख्यक जाति कार्यक्रममा म विस्तारै जानकारी दिन चाहन्छु।

 

सन् १९८१ मा ल्हासा  माध्यमिक विद्यालयमा पढ्दै प्यानपाले जीवनमा पहिलो छनौट गर्नुभयो। त्यसबेला विद्यालयले श्रेष्ठ विद्यार्थी छानेर सैनिक सेवामा भर्ना हुने सूचना पाएको थियो। प्यानपाले दृढतापूर्वक सैनिक बन्न आवेदन दिनुभयो।

उहाँले भन्नुभयो-

“बाल्यकालमै मेरा बुबाको निधन भयो। पार्टीले मलाई हुर्काएको हो। यद्यपि सैनिक बनेमा धेरै कठिनाइ सहनुपर्छ, पार्टीका लागि केही काम गरेर कठिन भए तापनि मनमा मिठो लाग्यो।”

  

सेनामा भर्ना भएर प्यापा श्रेष्ठ उपलब्धिमा नयाँ सैनिक तालिम पूरा गर्नुभयो। विभिन्न फौज सबैले उहाँलाई आफ्नै फौजमा भाग लिनखोजेका थिए। तर प्यानपाले सिमा सुरक्षाको सबैभन्दा कठिन क्षेत्रमा काम गर्न तयार हुनुभयो। यो गतिविधि सबै जनाको अनुमानविरूद्ध थियो।

 

 “तिम्रो अवस्थाबमोजिम केन्द्रीय विभागमा काम गर्न सक्छौ। त्यहाँ जीवन अवस्था राम्रो हुनुका साथै विकास मौका पनि बढी छ। किन त्यति कठिन क्षेत्रमा जान चाहन्छौ?” अरू साथी सैनिकलाई नबुझेर सोध्ने गर्थे।

 

“मातृभूमिको सिमा क्षेत्र सुरक्षा गर्न आवश्यक छ। सैनिक भएर मातृभूमिका लागि सबैभन्दा आवश्यक ठाउँमा जानुपर्छ। पार्टी मेरी आमा हो। आमाका लागि योगदान दिन सबैभन्दा गौरव लाग्दो कुरा हो।” प्यानपाले सुदृढताका साथ भन्नुभयो।

प्यापाका सैनिक साथीको जानकारीअनुसार, त्येबेला सिमा क्षेत्रमा सैनिकको जीवन ज्यादै कठिन थियो। औपचारिक घरआवास थिएन। सैनिकहरूले पाल वा भूमिमा निर्मित खाल्डोमा बस्नुपर्थ्यो। आपूर्ती पर्याप्त थिएन। भोक लागेर सुख्खा गोरू-भेडाको मासु खान्थे र सुख्खा लागेर पहाड अथवा हिमालयको पानी खान्थे। हिउँद ऋतुमा हिउँले पहाडी क्षेत्रलाई ढाकेर आधा वर्षसम्म हावा तथा हिउँ मात्रै देखिन्थ्यो।

 

यस्तो अवस्थामा प्यानपाले सैनिकको नेतृत्व गरेर पहाड र जंगलमा ४/५ दिन गस्ती गर्नुभयो। मजबूत पराबैंजनी किरणका कारण उहाँको अनुहारमा पटक-पटक सेस्क्वामेट गरेको थियो।

 

त्यसपछि प्यानपाले तिब्बत सैन्य क्षेत्र र ल्हासा शहरी छ्युश्वी जिल्लाको सशस्त्र विभागमा काम गर्नुभयो। सेनाबाट उहाँले चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत तिब्बत शाखाको कार्यालयमा काम गर्नुभयो। हरेक पदमा उहाँले इमान्दर र महनतपूर्वक काम गरेर धेरै पटक श्रेष्ठ प्रतिनिधि र पार्टीका श्रेष्ठ सदस्यमा निर्वाचित हुनुभयो।

 

कार्य पदमा प्यानपाले अरू के के योगदान दिनुभयो? समय अभावका कारणले आगामी साताको यसै कार्यक्रममा म निरन्तर रूपमा चर्चा गर्नेछु।