नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव अगष्ट तेस्रो साता चीन भ्रमणमा जानुहुने
2023-08-08 15:36:14CRI
Share with:

नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमणमा जाने हुनु भएको छ। उपराष्ट्रपति यादव ‘चाइना– साउथ एसिया एक्सपो’ मा सहभागी हुन अर्को साता युन्नान प्रदेशको खुनमिङ् जाने हुनु भएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ। उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो  विदेश भ्रमण हो। 

चीन भ्रमण गरेर उपराष्ट्रपति यादवले आफ्नो विदेश भ्रमण सुरु गर्ने हुनु भएको छ। उपराष्ट्रपति यादव साउन २९ मा खुनमिङ् जाने हुनु भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी भइरहेका बेला त्यस अघि उपरारष्ट्रपति चीन जान लाग्नु भएको हो। 

प्रधानमन्त्री दाहाल सेप्टेम्बरको तेस्रो वा चौथो हप्ता चीन जाने हुनु भएको छ। परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयले उपराष्ट्रपति यादवको चीन भ्रमणको तयारी गरिहेको स्रोतले बताएको छ। 

‘चाइना– साउथ एसिया एक्सपो’को यो सातौं संस्करण हो। उक्त एक्सपो अगस्ट १६ देखि २० सम्म चल्ने छ। उक्त एक्सपोको मुख्य उद्देश्य चीन र दक्षिण एसियाली मुलुकहरूको सहकार्य र एकता कायम गरी विकासमा अघि बढनु रहेको छ। खुनमिङ बसाइका क्रममा उपराष्ट्रपति  र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच साइडलाइन बैठक समेत हुने स्रोतले बताएको छ।