आँखा पाक्ने रोग आफैँ निको हुन्छ जथाभावी औषधि प्रयोग नगर्न विज्ञको सुझाव
2023-08-08 16:42:44CRI
Share with:

नेपालमा विभिन्न जिल्लामा आँखा पाक्ने समस्या फैलिरहेको छ। नेत्ररोग विशेषज्ञ, डा.कौशल पोखरेलका अनुसार यो समस्या व्याक्ट्यरिया, भाइरस जस्ता सूक्ष्म जीवाणुका कारण लाग्ने गर्छ। एलर्जी, धुलो, धुवाँको असरका कारणले गर्दा विभिन्न रसायन आँखामा परेमा पनि आँखा पाक्ने रोग समस्या देखिने पोखरेलको भनाइ रहेको गोरखापत्र अनलाइनले लेखेको छ। 

आँखा पाकेमा आँखा रातो हुने,आँखा चिलाउने, आँखामा कचेरा लाग्ने तथा टोसिने, आँखाबाट आशु बगिरहने,आँखा सुनिने,दुख्ने बिझाउने, घाम तथा उज्यालो प्रकाशमा हेर्न समस्या हुने जस्ता लक्षण देखिने डा. पोखरेल बताउनुहुन्छ। 

आँखा पाक्ने रोग सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने हुँदा आँखा पाक्ने रोगबाट बच्न उहाँको सुझाव छ। त्यसका अलाव सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा नजाने र सङ्क्रमित व्यक्ति भीडभाडमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल , सिरानी, तन्ना प्रयोग नगर्ने। 

आँखा पाक्नबाट जोगिन जथाभावी आँखा नछुने÷आँखा छुनुभन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने,सफा पानीले आँखा सफा गर्ने, आँखा पाकेकाहरुले प्रयोग गरेका तौलिया रुमाल प्रयोग नगर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिन डा. पोखरेलको आग्रह छ।   

डा. पोखरेलका अनुसार आँखा पाकेमा बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने, आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने, आँखा छोइसकेपछि साबुन पानीले  मिचिमिची  राम्रोसँग हात धुने,  प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने। 

बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेर रुमाल टावेल ,सिरानी तन्ना आदि हरेक दिने धुने वा सफा गर्ने। सङ्क्रमित व्यक्तिले प्रयोग गरेर सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने। 

जथाभावी रुपमा आँखामा औषधिको प्रयोग नगर्ने पोखरेलको सुझाव छ। उहाँ भन्नुहुन्छ, “आँखा पाकेमा नजिकेको अस्पतालमा गएर चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्ने। जथाभावी औषधि प्रयोग नगर्ने।”  

सामान्यतया यो समस्या  एकदेखि दुई हप्तामा आफैँ निको हुन्छ। दृष्टि कम लगायतका आँखासम्बन्धी समस्या बढेमा उपचारका लागि तुरुन्त स्वास्थ्यसंस्था जान चिकित्सको सुझाव छ।