चीनको ग्रीष्मकालीन बिदामा सांस्कृतिक पर्यटनको नयाँ प्रवृत्ति
2023-08-09 15:19:26CRI
Share with:

चालु वर्षको ग्रीष्मकालीन बिदामा पैचिङस्थित चीनको राष्ट्रिय सङ्ग्रहालयले ९ देखि १३ वर्ष उमेरसम्मका किशोर किशोरीका लागि “प्राचीन चीन: ज्ञान” भन्ने शीर्षकका श्रृङखलाबद्ध कक्षाको आयोजना गरेको छ। ती कक्षाले सङ्ग्रहालयमा संरक्षित मूल्यवान सांस्कृतिक वस्तुका आधारमा विस्तृत रूपमा चिनियाँ सभ्यताबारे जानकारी दिएको छ।

 

चीनको मध्य भागमा रहेको आन ह्वै प्रान्तको ह्वाङ शान शहरमा विद्यार्थीहरूले ह्वै चौ कुँदाई सङ्ग्रहालयमा परम्परागत कुँदाई प्रविधिको अनुभव गर्नसक्छन्। चीनको पूर्वी भागको च्याङ सु प्रान्तको नान थोङ शहरमा मौरीपालकले विद्यार्थीहरूका लागि मौरीपालन प्रविधिबारे जानकारी दिएका छन्।

 

चालु वर्षको ग्रीष्मकालीन बिदामा सांस्कृतिक उपभोग पनि तीव्र गतिले विकसित हुनुका साथै सांस्कृतिक बजारमा निकै रमाइलो दृश्य देख्न पाइएक् छ। अधिकांश ज्ञानबर्द्धक र मनोरञ्जनात्मक नाटकहरूले दर्शकहरूलाई निकै आकर्षित गरेका छन्। आधुनिक सूचना प्रविधि विकसित भइरहेको र अर्थतन्त्र समृद्ध भइरहेको सिलसिलामा विभिन्न खालका सांस्कृतिक पर्यटन मानिसहरूको ध्यानाकर्षणको विषय बन्दै गएको छ।