बाढी प्रकोपमा ज्यान गुमाएकाहरूप्रति मौनधारण!
2023-08-09 15:16:14CRI
Share with:

जुलाई २९ देखि अगष्ट २ तारिखसम्म पैचिङमा विनाशकारी बाढी आएको थियो। समस्त शहरमा केही दिन परेको पानीको औसत मात्रा ३३१ मिलिमिटर पुगेको थियो। यो गत वर्षभरि परेको पानीको औसत मात्राको ६० प्रतिशत हो। हाल बाढी प्रकोपको प्रतिरोध र उद्धार गर्ने र पुन:स्थापना गर्ने महत्वपूर्ण चरणमा छ। पैचिङ नगरले ९ तारिख पत्रकार सम्मेलनको आयोजना गर्दै सम्बद्ध अवस्थाबारे जानकारी दिएको छ।

 

प्राप्त जानकारी अनुसार, अगष्ट ८ तारिख मध्यरात बाह्र बजेसम्म पैचिङमा बाढी प्रकोपमा ज्यान गुमाएका मानिसको संख्या ३३ पुगेको छ भने ५ जनाले उद्धार कार्यको क्रममा प्राण आहूति दिएका छन्। यसबाहेक, १ जना उद्धारकर्ता सहित जम्मा १८ जना बेपत्ता छन्। 

सो, पत्रकार सम्मेलनमा सहभागी सबैले ज्यान गुमाएकाहरूको सम्झनामा मौनधारण पनि गरेका थिए।