रनआई ढिस्को घटनाको पछाडि कसको हात?
2023-08-09 16:38:35CRI
Share with:

चाइना कोस्ट गार्डले अगष्ट ८ तारिख एक भिडियो जारी गर्यो जसमा चिनियाँ समुद्री प्रहरी जहाजले चीनको नानशा टापुको रनआई ढिस्कोसँग जोडिएको पानीमा अवैध रूपमा प्रवेश गरेको फिलिपिन्सका जहाजहरूमाथि चेतावनीपूर्ण वाटर क्यानन स्प्रे गरेको दृश्य समेटिएको छ। चिनियाँ समुद्री प्रहरी जहाज फिलिपिन्सको जहाजको तुलनामा धेरै ठूलो भएता पनि ततस्थानमै गरेको अपरेशन पेशागत र संयमित भएको स्पष्ट रूपमा देख्न सकिन्छ। विश्लेषकहरूको विश्वास छ कि प्रत्यक्ष टक्करबाट जोगाउनका लागि लिइएको यो व्यवस्थापन उपायबाट राष्ट्रिय सार्वभौमिकता र समुद्री अधिकार र हितहरूको रक्षा गर्ने चीनको दृढता र क्षमता मात्र प्रदर्शन गरेको साथै चीन-फिलिपिन्स सम्बन्धको समग्र स्थितिलाई पनि ध्यानमा राख्छ साथै चीन एक जिम्मेवारी ठूलो मुलुकको भएको प्रतिबिम्बित गर्दछ।

रनआई ढिस्को चीनको नान्शा टापुको एक भाग हो। तथापि, चिनियाँ समुद्री प्रहरीको समुद्री अधिकार संरक्षण गर्ने र कानुनको कार्यान्वयन गर्ने यस्तो वैधानिक कार्यलाई अमेरिकाद्वारा हिलो छ्यापिएको छ। अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन कसले गरेको छ भन्ने तथ्य स्पष्ट छः फिलिपिन्सको यो कदमले अन्तर्राष्ट्रिय कानुन र चीन तथा आसियान राष्ट्रहरूद्वारा हस्ताक्षरित दक्षिण चीन सागरमा सम्बद्ध पक्षहरूको आचरणसम्बन्धी घोषणापत्रको गम्भीर उल्लङ्घन गरेको छ।

केही समयदेखि, चीनले रनआई ढिस्कोको विषयबारे फिलिपिन्ससँग सम्पर्क गर्न पटक पटक गरी गर्दै आएको छ तर फिलिपिन्सले चीनको माँगको बेवास्ता गर्दै आएको छ। यसका साथै, अमेरिकाले फिलिपिन्सको उक्त व्यवहारलाई उक्साएर समर्थन गर्दै आएको छ। यसका अतिरिक्त, समुद्रमा सैन्य विमान र युद्धपोतहरू पनि पठाएको साथै "अमेरिका-फिलिपिन्स संयुक्त रक्षा सन्धि" को नाउँमा चीनलाई धम्की दिने गर्छ। ती अवस्थाहरू यस पटकको घटना भएको कारण हुन्।

गहन दृष्टिकोणबाट हेर्दा, यस पटकको रनआई ढिस्को घटना चीन र फिलिपिन्सबीचको विवाद नै अमेरिकाले फिलिपिन्सलाई आफ्नै पक्षमा लग्ने प्रयास गर्दै "इन्डो-प्यासिफिक रणनीति" लाई अघि बढाउने र चीनको नियन्त्रण गर्न खोजेको पृष्ठभूमिमा भएको हो।

अझ ठूलो परिप्रेक्ष्यमा हेर्दा, अमेरिकाले दक्षिण चीन सागरको विषयलाई चीनको नियन्त्रण गर्ने कार्डको रुपमा प्रयोग गरिरहेको छ। रनआई ढिस्को घटनाबाट फेरि एकपटक के देखाइएको छ भने दक्षिण चीन सागरमा शान्त हुन अमेरिकाले सहन सक्दैन र आफ्नो "कालो हात"द्वारा यसै क्षेत्रलाई फोहोर पार्ने मौका पर्खिरहेको छ।

फिलिपिन्सले के बुझ्नुपर्छ भने अमेरिकाले फिलिपिन्सलाई "बन्दुकको रूपमा प्रयोग"गर्न खोजिरहेको छ। चीनसँगको समुद्री विवादलाई चर्को पारेमा वा चीन-फिलिपिन्स सम्बन्धलाई "अपहरण" गर्न अनुमति दियो भने आफ्नो हितसँग अनुकुल नभएको साथै क्षेत्रीय शान्ति र सुरक्षालाई पनि कमजोर पार्नेछ। बरू चीनप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्दै आफ्नो गलत कामलाई तुरुन्तै सच्याउनुपर्छ। साथै वार्ता र परामर्शको माध्यमबाट चीनसँग सामुद्रिक मतभेदको उचित तरिकाले सम्हाल्नुपर्छ।

दक्षिण चीन सागर यस क्षेत्र बाहिरका देशका लागि "सिकार खेल्ने पार्क" होइन, महाशक्तिहरूको खेलको लागि "प्रतिस्पर्धात्मक क्षेत्र" पनि होइन। चीन र आसियान राष्ट्रहरूले विदेशी शक्तिहरूको हस्तक्षेपको दृढतापूर्वक विरोध गर्दै दक्षिण चीन सागरको मतभेदको समाधान अधिकार आफ्नै हातमा राख्न आवश्यक छ।