वास्तविक सिन्च्याङ पाउन यहाँ आउनैपर्छ
2023-08-10 09:38:18cri
Share with:

 

'हामीले आफ्नै आँखाले देखेको सिन्च्याङ पश्चिमी मिडियाले जनाएको भन्दा बिल्कुलै फरक रहेछ।' केही दिनअघि, चीनका लागि डोमिनिकाका राजदूत मार्टिन चार्ल्सले आफ्नो पहिलो सिन्च्याङ भ्रमण पूरा गरेर भन्नुभयो। पाँच दिनको अवधिमा उहाँ लगायत चीनका लागि २४ देशका राजदूतहरू तथा उच्च पदाधिकारीहरूले काशगर, कुका र उरुमुछीको भ्रमण गरी सिन्च्याङको रीतिरिवाज र आर्थिक सामाजिक विकासको अनुभव लिनुभएको छ। भ्रमणका क्रममा धेरै राजदूतहरूले भन्नुभयोः वास्तविक सिन्च्याङ पाउन यहाँ आउनैपर्छ।

मार्टिन चार्ल्स जस्तै धेरै राजदूतहरूका लागि यो पहिलो सिन्च्याङ भ्रमण हो। इन्जिनियरिङ् परियोजनाहरू, सुन्दर दृश्यावलोकन स्थानहरू, प्राचीन शहर तथा पुरानो सडकहरू, उत्पादन उद्यमहरू... उहाँहरूको प्रतिनिधिमण्डलको यथेष्ठ यात्रा कार्यक्रम थियो र सिन्च्याङका विभिन्न क्षेत्रहरूको अनुभव पनि गरियो। त्यति मात्र होइन, उहाँहरूले इस्लाम धर्मका गुरु तथा धर्मावलम्बीहरूसँग आमने-सामने कुराकानी गरेर सिन्च्याङका मानिसहरूसँग नाचगान पनि गर्नुभयो र स्थानीयहरूको दैनिक जीवनको अनुभव गर्नुभयो।

चीनमा एउटा पुरानो उखान छ कि देखेर मात्र विश्वास गर्नु। बितेका वर्षहरूमा, १०० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संगठनहरूबाट गएका २,००० जना भन्दा बढी सरकारी अधिकारीहरू, धार्मिक व्यक्तित्वहरू र पत्रकारहरूले सिन्च्याङको भ्रमण गरेका छन् र सिन्च्याङको आर्थिक र सामाजिक विकासको अनुभव गरेका छन्। साथै, प्राप्त तथ्याङ्कबाट पनि झुटोलाई भङ्ग पारिदिन्छ। सन् २०२० को अन्त्यसम्ममा सिन्च्याङमा निरपेक्ष गरिबी उन्मुलन भएको थियो। यस वर्षको पूर्वार्द्धमा, सिन्च्याङमा ८ खर्ब ५४ अर्ब युआन बराबरको जीडीपी हासिल भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५.१ प्रतिशतले वृद्धि भएको हो। पश्चिमी चीनमा खुलापनको सीमावर्ती क्षेत्रको रूपमा, सिन्च्याङले "बेल्ट एण्ड रोड" को निर्माणमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। जुलाई २० तारिखसम्म, यस वर्ष सिन्च्याङको खोरगोस र अलशानकोउका २ बन्दरगाहहरूबाट आउनेजाने चीन-युरोप(मध्य एशिया) रेलहरूको संख्या ८ हजारभन्दा बढी भएको छ। जसबाट २०० भन्दा बढी प्रकारका सामानहरू ढुवानी गरिएको छ...

चीनका लागि कोलम्बियाका राजदूत सर्जियो काबरेराले भन्नुभए जस्तै, "यदि तपाईंसँग मौका छ भने सिन्च्याङ गएर यस सुन्दर क्षेत्रलाई हेर्नुपर्छ, आफ्नो देशमा रहेका साथीहरूलाई यहाँको वास्तविक अवस्थ बताउनुपर्छ।"