ग्रमीण क्षेत्र सम्बन्धी कविता लेख्ने कवि थाउ युआन मिंग र उहाँका कविताहरु-2
2023-08-10 09:35:53cri
Share with:

      उहाँको बुढेसकाल एकदमै विपन्न र दु:खले घेरिएको भए तापनि जीवनको सबैभन्दा कठीन अवस्थामा पनि श्री थाउ युआन मिंगले सरकारी अधिकारीको पदमा बस्न पुनः अस्वीकार गर्नुभएको थियो। सोही अवधिमा उहाँले लेख्नुभएको पत्र “थाउ व्हा युआन ची” मा एउटा रमाइलो समाजबारे उल्लेख गरिएको थियो। सो पत्रमा यस्तो कथा लेखिएको छः एकजना माझी आफै हराएपछि थाउ व्हा युआन भन्ने ठाउँमा पुगेको थियो। युद्धबाट सुरक्षित रहनका लागि अन्य ठाउँबाट भागेर त्यहाँ पुगेका केही मानिसहरुलाई त्यस माझीले भेट्यो। वास्तविक जीवनबारे थाहा नपाएका तिनीहरुले मिहिनेतका साथ परिश्रम गरी शान्तिपूर्ण जीवन बिताइरहेका थिए। “थाउ व्हा युआन ची” एउटा रमणीय जीवन गाथा हो। यसमा त्यति बेलाको गोलमालयुक्त अवस्थामा शान्तिपूर्ण समाजप्रतिको आम जनताको इच्छा प्रतिबिम्बित भएको पाइन्छ।

       हालसम्म श्री थाउ युआन मिंगद्बारा लेखिएका एक सयजति कविता र दशभन्दा बढी लेखहरु मात्र सुरक्षित रहे तापनि चीनको साहित्त्यिक इतिहासमा उहाँको निकै महत्वपूर्ण स्थान छ। उहाँले ग्रामीण क्षेत्रको जीवन र खेतीपाती सम्बन्धी कविता लेख्ने शैलीको सिर्जना गर्नुभएको थियो। उहाँका कवितामा चीनको परम्परागत कविताको शैली हुनुका साथै नयाँ जीवन्त शक्ति पनि देखिन्छ। उहाँको कविता शैलीले चीनको कविताको इतिहासमा एउटा कोसे ढुंगाको भूमिका निर्वाह गरेको छ र यो नै चीनको प्राचीन कविताको एउटा नयाँ उचाइको द्योतक पनि हो।