झारपात हटाउने हाँसका “फौज”
2023-08-10 19:25:26CRI
Share with:

कृषिमा झारपात किसानहरूका लागि एउटा टाउँको दुखाइको समस्या हो। खेतीमा झारपातले कृषि बालीको विकासमा नकारात्मक प्रभाव पार्दछ। खेताला लगाएर अथवा कीटनाशकबाट झारपात नास गर्नु झन्झटिलो र महङ्गो पर्दछ। यसले बालीका लागि पनि राम्रो प्रभाव पार्दैन। यसको विकल्पमा चीनका केही क्षेत्रमा किसानहरूले खेतीमा झारपात उखेल्न हाँस पाल्ने गरेका छन्। साथै हाँसको सुली बालीलाई प्राकृतिक मलका रुपमा निकै राम्रो हुने गर्छ। 

साथीहरू, यदि तपाईंले पनि हाँस पाल्नु भएमा खेती वा फलफूलपार्कमा झारपात उखेल्ने काममा लगाउनु होला है। यो निकै राम्रो उपाय हो नि हैन र।