चीन राम्रोसँग विकास हुने भियतनामका मित्र डोन डिन टोइको इच्छा
2023-08-11 08:52:33cri
Share with:

 

चीनको क्वाङ सीमा स्थायी रुपमा बसोबास गरिरहेका डोन डिन टोइ भियतनामबाट आउनु भएको हो। उहाँले लामो समयमा चीन र भियतनामबीचको व्यापार गर्नुभएको छ। चीनको विकासको सासाथै उहाँको कार्य पनि निरन्तर रुपमा विस्तार भएको छ।

 

डोन डिन टोइको जन्मथलो भियतनामको क्वाङ निङ प्रान्तमा पर्दछ। विश्वविद्यालयमा हुँदा उहाँ चीन आउनुभयो। हाल उहाँले व्यापारिक कार्य गरेका कारण भियतनाम र चीनबीच आवत-जावत गर्नुहुन्छ। उहाँले चीनका धेरै शहरको भ्रमण गर्नुभयो। उहाँको मनमा चीनको युन नान प्रान्तले गहिरो छाप पारेको छ। किनभने उहाँले युन नानमा सात वर्षसम्म पढ्नुभयो।

 

 “मेरो लागि युन नान मेरो दोस्रो जन्मथलो हो। विश्वविद्यालयमा हुँदा शिक्षकशिक्षिका र सहपाठीले मलाई सहयोग नगरेको भए मलाई विश्वविद्यालयबाट स्नातक हुन कठिन थियो।”

 

दक्षिण-पश्चिम वन विश्वविद्यालयमा पढ्दा डोन डिन टोइले शिक्षकशिक्षका र सहपाठीको माया पाउनुभयो। उनीहरूको माया परिवारको मायाजस्तै छ। उहाँले चिनियाँरूको मित्रता र दयालु देख्नुभयो। त्यस अवधिमा उहाँले सहपाठीसँग उद्यम प्रतियोगितामा भाग लिनुभयो। उहाँले जीवनको “पहिलो कमाइ” पाउनुभयो। उहाँको उद्यम सपना शुरु भयो। उहाँ भन्नुहुन्छ “त्यस बेला उद्यम गर्दा मैले गहनाको व्यापार गरेँ। मैले भियतनामको गहनालाई चीनतर्फ बिक्री गर्न पठाएँ। सन् २०१८ मा मैले मैले कृषि उपजको आयात-निर्यात व्यापार गर्न थालेँ। किनभने मैले चीन र भियतनामका राम्रो नीतिहरू देखेँ। ती नीति मेरो लागि हितकर भयो। मैले पनि सरकारको समर्थन पाएँ। त्यसैले मैले तुरुन्तै रुपमा कृषि उपजको कारोबार गर्न थालेँ।”

 

हाल डोन डिन टोइ क्वाङ सीमा स्थायी रुपमा बसोबास गर्नुहुन्छ। उहाँकाअनुसार, क्वाङ सीमा सुविधाजनक यातायात र पूर्ण आधारभूत प्रबन्धले उहाँको उद्यमका लागि जग बसालेको छ। क्वाङ सीले भन्सार पार गर्ने कार्यकुशलतालाई निरन्तर रुपमा बढाएको छ। उहाँको अन्तर्देशीय व्यापार सुविधाजनक बनेको छ।

 

डोन डिन टोइ भविष्यप्रति आशावादी हुनुहुन्छ। उहाँले चीनमा निरन्तर रुपमा बसोबास गर्ने तयारी गर्नुभयो। हाल उहाँले एक नयाँ कम्पनीको तयारी गर्नुभयो। उहाँ भन्नुहुन्छ “हाल मैले एक निर्माण कम्पनीको स्थापना गर्ने योजना बनाएँ। म चीनका राम्रा सामान, प्रविधि र उपकरण भियतनाम पठाउने गर्छु। किनभने हामीले भियतनाममा चीनद्वारा निर्माण गरिएका परियोजनाहरू देख्यौं। निर्माण क्षेत्रमा चीनको विकास गति निकै तिब्र छ। चीनको निर्माणको गुणस्तर भरपर्दो छ।”

 

चीन र भियतनामको गहिरो परम्परागत मित्रता छ। हालैका वर्षहरूयता चीन र भियतनामबीचको आर्थिक तथा व्यापारिक सहयोग निरन्तर रुपमा बलियो बन्दैछ। चीन लगातार धेरै वर्षहरूसम्म भियतनामको पहिलो ठूलो व्यापारिक साझेदार हो। सन् २०२२मा दुई मुलकुको व्यापार रकम २ खर्ब ३४ अर्ब ९२ करोड अमेरिकी डलर पुगेको थियो। डोन डिन टोइले भविष्यमा दुई मुलुकले बहु क्षेत्रहरूमा सहयोग सबल पार्ने, चीनको विकास अझै राम्रो हुने आशा व्यक्त गर्नुभयो।