राष्ट्रिय आपतकालीन वैज्ञानिक परिचय भण्डार स्थापना
2023-08-11 15:08:34CRI
Share with:

 

अगष्ट ११ तारिख आपतकालीन व्यवस्थापन विभाग र चाइना मिडिया ग्रुप बीच रणनीतिक सहकार्य प्रारूप सम्झौतामा हस्ताक्षर समारोह अर्थात् सँगै मिलेर राष्ट्रिय आपतकालीन वैज्ञानिक परिचय भण्डार स्थापना परियोजनाको शुभारम्भ समारोह पैचिङमा आयोजना गरिएको छ। आपतकालीन व्यवस्थापन विभागका प्रमुख वाङ स्याङ सी र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङले समारोहलाई सम्बोधन गर्दै सहभागी अतिथिहरूसँग राष्ट्रिय आपतकालीन वैज्ञानिक परिचय भण्डार स्थापना परियोजनाको शुभारम्भ गर्नुभएको छ।

आफ्नो सम्बोधनमा चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङले बाढी प्रकोप पीडित भए तापनि जनताहरूको मन एकताबद्ध भइरहेको बताउनुभयो। हाल राष्ट्राध्यक्ष सी चिनफिङले बाढी प्रकोपको प्रतिरोध र उद्धार कार्यमा उच्च महत्व दिनुका साथै अनेकन् महत्वपूर्ण निर्देशन दिएर सक्दो प्रयासमार्फत जनताको धनजनको सुरक्षा र समाजको स्थिरतालाई सुनिश्चित पार्ने आग्रह गर्नुभएको छ। आपतकालीन व्यवस्थापन विभाग र चाइना मिडिया ग्रुप बीच रणनीतिक सहकार्य प्रारूप सम्झौता सम्पन्न भएको कुरा नै वास्तविक गतिबिधिमार्फत राष्ट्राध्यक्ष सीको महत्वपूर्ण निर्देशनलाई व्यवहारमा उतार्ने ठोस गतिबिधि रहेको कुरामा पनि उहाँले जोड दिनुभएको छ।