त्रिभुवन विमानस्थलबाट ७ महिनामा २५ लाख व्यक्तिद्वारा अन्तर्राष्ट्रिय हवाई यात्रा
2023-08-12 15:36:13CRI
Share with:

यस वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनाको अवधिमा २५ लाख यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। जनवरी २०२३ देखि जुलाई २०२३ सम्म २५ लाख १२ हजार ८१० जना हवाई यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका हुन्। ७ महिनामा १३ लाख ६८ हजार ३३७ जना यात्रु नेपालबाट विदेश उडेका छन्। ११ लाख ४४ हजार ४७३ जना यात्रु नेपाल आएका छन्। यो अवधिमा कुल १७ हजार ६२५ वटा उडान/अवतरण भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको अनलाइन खबरले लेखेको छ।

कार्यालयका अनुसार ८ हजार ८१३ वटा उडान भएका छन्। ८ हजार ८१२ वटा अवतरण यो अवधिमा भएको कार्यालयले जनाएको छ। यो अवधिमा १३ हजार ५३ टन कार्गो हवाईमार्गबाट ओसार–पसार भएको छ। ६ हजार ४१२ टन सामान नेपालबाट विदेश गएको छ। ६ हजार ६४१ टन कार्गो नेपाल भित्रिएको विमानस्थल कार्यालयको तथ्याङ्‍क छ।