जापानी राजनीतिज्ञहरूले थाइवानी जनतालाई फेरि आगोको भुङ्ग्रोमा धकेल्दै
2023-08-12 16:21:09CRI
Share with:

जापानको लिबरल डेमोक्र्याटिक पार्टीका उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री तारो आसोले हालै चीनको थाइवान क्षेत्रको भ्रमण गरी "मुख्य भूमिसँग युद्ध गर्न मानसिक रूपमा तयार गर्न" थाइवानलाई प्रोत्साहित गर्नुभयो। उहाँका उक्त भनाइको विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ। थाइवानटापुको जनमतले आचोना गर्दै भनेको छः आसोले विगतमा थाइवानको जापानी औपनिवेशिक शासनका लागि माफी नमागेको मात्र होइन बरू थाइवानलाई सशस्त्र शक्तिको विकास गर्न र युद्धका लागि तयारी रहन प्रोत्साहित गर्नु भएको छ। यसो गर्दा थाइवानी जनतालाई फेरि आगोको खाल्डोमा धकेल्ने खोजिएको बुझिन्छ। उता, जापानी ओकिनावाका गभर्नर तामाकी ड्यानीले अगष्ट १० तारिख आसोको कुरा जापान सरकारको निरन्तर नीतिका विपरीत भएको र गलत बुझाइ उत्पन्न जोगाउन सरकारले चीनसँग वार्ता गर्ने आशा व्यक्त गर्नु भएको छ।

जापानका पूर्व प्रधानमन्त्री आसो जस्तै केही राजनीतिज्ञहरूले 'थाइवान कार्ड' खेलेर जापानले शान्तिवादी संविधानलाई छोड्दै सैन्य शक्तिशाली मुलुक बन्ने सपनालाई पुनर्जीवित पार्ने र जापान-अमेरिका गठबन्धनलाई बलियो बनाउने महत्वपूर्ण तरिका बनाइसकेका छन्। यसबाहेक, किशिदा सरकारको समर्थन दर हालै ठूलो परिमाणमा तल झरेको सन्दर्भमा, थाइवान मामिलामा आसोको उक्साहटबाट थाइवानी जनताको तनावलाई उत्तेजित पार्न र किशिदा सरकारलाई अप्ठ्यारो अवस्थाबाट बाहिर निकाल्न मद्दत गर्ने विचार लिएको भन्ने ठहर केही विश्लेषकहरूले व्यक्त गरेका छन्।

अहिले २१औं शताब्दीको तेस्रो दशकको अवधिमा छौं र यदि कोही जापानी राजनीतिज्ञहरूको दिमाग अझै पनि १०० वर्ष भन्दा पहिलेको अवस्थामा पुगेर उपनिवेशवादीहरूले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने खोजेमा, उनीहरूले आगोसँग खेल्दै आफैलाई आगो लगाउनेछन्। चीनको सम्पूर्ण देशको पुनर्मिलन गर्नु चीनको लागि रोक्न नसकिने ऐतिहासिक प्रवृत्ति हो।