ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क
2023-08-12 16:00:06CRI
Share with:

नेपाल सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र २०८८ ‘ख’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो। विकास ऋणपत्रको बोलकबोल साउन २८ र निष्कासन साउन २९ गते हुने राष्ट्र बैङ्कले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। आठ वर्ष अवधिको विकास ऋणपत्र साउन २९ गते निष्कासन मिति तोकिएको छ भने यसको परिपक्व हुने अवधि २०८८ साल साउन २९ गते हुने छ। राष्ट्र बैङ्कले जारी गर्ने उक्त विकास ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्ने छन्। ऋणपत्रको ब्याजदर (कुपनरेट) बोल कबोलबाट निर्धारण हुने बताइएको छ।

विकास ऋणपत्र खरिद गर्न इच्छुकले साउन २८ गते दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन गर्न सक्ने छन्। आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्ने छन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलबालालार्ई निष्कासित रकमको आठ अर्ब पाँच करोड (८५ प्रतिशत) र एक अर्ब पाँच करोड (१५ प्रतिशत) छुट्याइएको राष्ट्र बैङ्कले जनाएको छ।