अजरबैजानका राष्ट्रपति अलियेभसँग विशेष अन्तर्वार्ता
2023-08-12 16:09:47CRI
Share with:

अजरबैजान मध्य-एशियामा चीनको महत्वपूर्ण सहयोगात्मक साझेदारी मुलुक हो। सन् १९९२ मा चीन र अजरबैजानबीच दौत्य सम्बन्ध स्थापना भएयता दुई मुलुकको सहयोग निरन्तर रुपमा विकास भएको छ। हाल “बेल्ट एण्ड रोड” प्रस्तावमा दुई मुलुकको सहयोग निरन्तर रुपमा गहिरो हुनुका साथसाथै दुई मुलुकको सहयोग नयाँ युगमा प्रवेश गरेको छ। 

अजरबैजानका राष्ट्रपति इल्हाम हैदर ओग्लु अलियेभले चाइना मिडिया ग्रुपका पत्रकारसँग विशेष अन्तर्वार्ता दिँदै अजरबैजान र चीनबीचको सम्बन्ध “ज्यादै राम्रो” भएको बताउनुभयो। उहाँले सर्वभौमिकताको स्वतन्त्रता, भूभागको अक्षुण्णता, अरु मुलुकको आन्तरिम मामिलाको हस्तक्षेप नगर्ने समस्यामा दुई मुलुकको अडान समान भएको र दुई मुलुकको व्यापारिक रकममा निरन्तर रुपमा बृद्धि भैरहेको कुरा बताउनुभयो।