चियाकपभरि नेपालीलाई ललिताको प्रेम
2023-08-13 20:32:11CRI
Share with:

सबैलाई थाहा छ, चिनियाँहरू चिया खान मन पराउँछन्। साथै चिनियाँ चिया सेट पनि ज्यादै लोकप्रिय छ। त्यसमध्ये च शा अर्थात् बैजनी माटोबाट बनाइएको चिया सेट विश्वव्यापी रूपमा प्रसिद्ध छ। हाल यो बैजनी माटो सिन्च्याङ युगर स्वायत्त प्रदेशीय खरामाय शहरमा पनि पत्ता लगाइएको छ। त्यसैले सिन्च्याङमा पनि च शा अर्थात् बैजनी माटोबाट बनाइएको चिया सेट पाइन्छ।

 स्थानीय गुरुजीका अनुसार, बैजनी माटो र पर्सिलनको बीचबाट सेरामिक उत्पादन हुने गर्छ। यो प्रायजसो चियाका सेट बनाउन प्रयोग गरिन्छ। बैजनी भनिएता पनि बनाउने माटोको रंग विविध रहेको छ। बैजनी, रातो, कालो, हरियो, सेतो, पहेँलो आदि। खरामायमा पत्ता लगाइएको माटो प्रायजसो पहेँलो रङको हो।

आज गुरूजीको सिकाइ र सहयोगमा म पनि एउटा चियाको कप बनाउँछु।

मेरो यो कला नेपाली साथीलाई मन पर्छ भन्ने आशा गरेकी छु।