जर्मनीको “चाइना टाउन” द्वारा “बेरिस चीनसँग भेट्ने” ग्रीष्मकालीन कार्यक्रमको आयोजना
2023-08-14 10:11:16cri
Share with:

जुन २४ तारिखदेखि २५ तारिखसम्म जर्मनीको दक्षिणी भागमा रहेको बेरिस प्रदेशको डिएटफर्ट शहरले हरेक वर्ष मनाइने बेरिस चीनसँग भेट्ने ग्रीष्मकालीन कार्यक्रमको आयोजना गरेको छ जर्मनीका हजारौँ बासिन्दाहरु यस कार्यक्रममा सहभागी भएका छन्।

 

ग्रीष्मकालीन कार्यक्रमको अवधिमा रहेको डिएटफर्ट शहरमा जताततै चिनियाँ संस्कृति सम्बन्धी कारकतत्व देखिएको छ। डिएटफर्टको मुख्य सडकमा रातो लालटिन, रङ्गीचङगी झण्डा तथा बैलुनहरू झुण्डाइएकन् धेरै धेरै पसलक ढोकाहरूमा चिनियाँ भाषामा मंगलमय शुभकामना लेखिएक छ। सम्पूर्ण शहर चिनियाँ विशेषताद्वारा भरिएको छ।

 

चालू वर्षको कार्यक्रमको मुख्य विषय दुई संसारको आकर्षण रहेको छ। डिएटफर्टका नागरिकहरुले चिनियाँ पोशाक लगाएर सांस्कृतिक प्रदर्शन गरेका छन् भने स्थानीय चिनियाँ समूदायले सिंह नृत्य, कुङ फु र परम्परागत जातिय नृत्य लगायतका कार्यक्रम देखाएका छन्

 

डिएटफर्टला युरोपको पहिलो चाइना टाउन मानिन्छ। यहाँ बसोबास गर्ने मानिसहरुले सन् १४०० देखि गौरवका साथ आफूलाई बेरिसमा रहेक चिनियाँहरु भएक दाबी गरेका थिए। सन् १९२८ देखि चिनियाँ संस्कृतिप्रतिको माया अभिव्यक्त गर्न हरेक वर्षको हिउँद ऋतुमा डिएटफर्टले चिनियाँ महोत्सव को आयोजना गर्दै आएको छ। सन् २०१० देखि डिएटफर्टले हरेक वर्षको ग्रीष्म ऋतुमा दुई दिने बेरिस चीनसँग भेट्ने महोत्सवको आयोजना गर्दै आएको छ, जसबाट जर्मनहरुले चिनियाँ संस्कृति, चिनियाँ परम्परा, चिनियाँ चलन तथा चिनियाँ रतिरिवाजबारे अरु बढी जानकारी लिएका छन्। डिएटफर्टका मेयर बर्न्द मैर यसरी भन्नुहुन्छ,

 

दुई दिने बेरिस चीनसँग भेट्ने महोत्सवको अवधिमा हामीले भ्याएसम्म बेरिस र चीनको विभिन्न संस्कृतिको चौतर्फी रुपमा प्रदर्शन गर्न कोसिस गरेका छौँ। बेरिसमा मात्र होइन, समस्त जर्मनीमा यस्तो कार्यक्रम विशेष पनि छ। हामीले चिनियाँ संस्कृतिको निरन्तर रुपमा प्रचार-प्रसार गरी बेरिस र चीन बीचको अरु बढी आदान-प्रदानका लागि कोसिस गर्ने छौँ।

 

म्युनिस्थित चिनियाँ महावाणिज्य दूत थोङ द फाले यस कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भन्नुभयो,

बेरिस र सम्पूर्ण जर्मनीमा धेरै महोत्सवहरु छन्। तथापि डिएटफर्ट तीमध्ये सबैभन्दा विशिष्ट छ, किनभने त्यो चिनियाँ संस्कृति तथा चिनियाँ परम्परामा केन्द्रित छ। जसबाट यहाँको सडकमा घुम्दा मेरो जन्मथलोमा भएझैँ मलाई लाग्छ। डिएटफर्टको चिनियाँ महोत्सवले यस शहरलाई प्रसिद्ध बनाएको छ। चीन र जर्मनी दुई मुलुकमा मात्र नभई विश्वमा पनि डिएटफर्ट प्रख्यात छ। डिएटफर्ट ठूलो छैन, यहाँका जनसंख्या पनि धेरै छैन, तथापि त्यसले चीन-जर्मनी मैत्रीपूर्ण सम्बन्धको विकासलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, विशेष गरी आपसी संस्कृति तथा मानवीय आदान-प्रदान क्षेत्रमा भूमिका छ

 

म्युनिबाट आएका पर्यटक ओलिभर सैदलरले आफ्नी छोरी दुई वर्षअघि चिनियाँ नाच सिक्न थालेकी बताउनुभयो,

डिएटफर्ट आएको यो मेरो पहिलो पटक हो। चिनियाँ नाच टोलीकी सदस्यको रुपमा मेरी छोरीले आजको प्रदर्शन भाग लिएकी छिन्। चीन र जर्मनीको संस्कृतिले यस्तो तरिकाबाट आदान-प्रदान गरेको कुरा मेरो मनमा गहिरो छाप परेको छ। भविष्यमा यस्तो अरु बढी अर्थपूर्ण कार्यक्रमहरुको आयोजना गर्न सक्ने मैले आशा राखेको छु। यस वर्षको अगष्ट महिनामा मेरो परिवारसँगै चीन घुम्नजाने छु। मैले चीनको यात्राप्रति अपेक्षा गरेको छु।