सन २०२२ चीन र अर्जेन्टिना राष्ट्रानायकबीच भेटवार्ता हुँदा चीनका लागि अर्जेन्टिनाका राजदूत गुस्टाभो साबिनो भाकाले बिना तयारी त्यो धुन गुनगुनाउनु भएको थियो कि कम्युनिष्ट पार्टी बिना नयाँ चीनको निर्माण सम्भव थिएन। राष्ट्राध्यक्ष सी चिनफिङले उक्त कुरा सुनेपछि खुशीले हाँस्नुभएको थियो।
गुस्टाभो साबिनो भाकाले भन्नुभयो: चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०० औँ वार्षिकोत्सवका सुअवसरमा थेनआनमन चोकमा ७० हजार सर्वसाधारणले एकै चोटि उक्त गीत गाएपछि राष्ट्राध्यक्ष सी चिनफिङमाथि जनताको माया देखिएको छ र मलाई निकै खुशी लागेको छ। राष्ट्राध्यक्ष सी चिनफिङ जनताको चाहनाबारे जानकार हुनुहुन्छ। पहिला म चीनका धेरै प्रान्त पुगेँ र उहाँमाथि जनताको माया अनि जनताबीच उहाँको प्रतिष्ठा पनि हेरेँ।