चीनको ग्रेटवाल र नेपालको रञ्जना लिपि
2023-08-15 09:43:16CRI
Share with:

      बेइजिङबाट करिब ६० किलोमिटरको दुरीमा चुयोङक्वान ग्रेटवाल अवस्थित छ। यस ग्रेटवाल क्षेत्रमा साढे ९ मिटर उचाइको प्रस्तर ढुङ्गाबाट निर्मित प्रवेशद्वार पनि छ। जुन नेपाल र नेपालीकानिम्ति निकै महत्त्वपूर्ण रहेको छ।

यो प्रवेशद्वारका भित्ताहरूमा बुद्ध धर्मसम्बन्धित पशुपंक्षीलगायतका चित्रसँगै सूत्रहरू कुँदिएका छन्। ती सूत्रहरू नेपालको रञ्जना लिपिमा समेत कुँदिएका छन्।

सन् १३४५ मा युआन राजवंशकालमा निर्मित यस प्रवेशद्वार अगाडिको सूचनापाटीलाई पढ्ने हो भने यहाँ संस्कृतसहित हान चिनियाँ, तिब्बती, युगुर, मङ्गोलियाली र ताङ्गुट भाषामा बुद्ध मन्त्रहरू कुँदिएका छन्। तर यो संस्कृत नभइ रञ्जना लिपि रहेको जानकारहरू बताउँछन्।

नेपालको मौलिक रञ्जना लिपिलाई सन् १९५५ मा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य हुँदासमेत नेपालको लिपि भनेर चिनाइएको थियो।

यसरी ग्रेटवालमा नेपाल र नेपाली पनि जोडिएको छ। साथै यो चुयोङक्वान ग्रेटवालमा नेपाली शैलीका कलाकृति पनि देख्नपाइन्छ। नेपालीलाई गौरवान्वित बनाउने रञ्जना लिपिसमेत कुँदिएको चीनको विश्वप्रसिद्ध ग्रेटवालको अवलोकन गरौँ।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/