काठमाडौंमा रास्वपा र चिनियाँ राजदूतबीच भेटवार्ता: रास्वपा एक चीन नीतिमा अडिग
2023-08-16 15:38:35cri
Share with:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच पार्टी कार्यालय वनस्थलीमा भेटवार्ता भएको छ।

भेटमा उहाँहरुबीच नेपाल र चीनका आपसी चासोका विषयहरुमाथि छलफल भएको रास्वपाले जनाएको छ । साथै उहाँहरुबीच मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरुमा छलफल भएको थियो।

 

न्यूजपोलार अनलाइनका अनुसार भेटघाटका अवसरमा राजदूत सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति ध्यानाकर्षण भएको र सोको यथाशीघ्र समाधानको पहल गरिने बताउनुभयो। भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको समेत अवगत गराउनुभएको रास्वपाले जनाएको छ।