अन्तर्राष्ट्रिय व्यवसायहरु चीनको विकासबाट कसरी लाभान्वित हुने?
2023-08-16 18:39:37cri
Share with:

हाल रुसको स्पुटनिकको वेबसाइटमा चीनको कफी बजारको जिवन्त  शक्तिबाट यसरी रिपोर्ट गरिएको छ, “हाल चीनमा कफी सम्बन्धी व्यवसायहरुको संख्या १ लाख ८० हजार भन्दा बढी छ। भविष्यमा चीनको कफी बजार सबल रुपमा विकास हुने प्रवृति जारी छ।”

 

चीनको कफी बजारबाट चीनको उपभोग बजारमा निरन्तर रुपमा पुन:उत्थान हुँदै आएको देखिन्छ। चीन सरकारले अगष्ट १५ तारिख सार्वजनिक गरेको तथ्यांकका अनुसार, राष्ट्रिय अर्थतन्त्र निरन्तर रुपमा पुन:उत्थान हुँदै आएको छ, तीमध्ये उपभोगको प्रदर्शन निकै आकर्षक छ।

यसका साथै अपेक्षा गर्न सक्ने चीनको भावी आर्थिक नीतिलाई अन्तर्राष्ट्रिय व्यवसायहरुले महत्त्व दिएका छन्। वर्तमान उथलपुथल विश्वको पृष्ठभूमिमा चीनको नीतिको स्थिरता तथा निरन्तरता रहेकोले चीनमा विदेशी व्यवसायहरुले आफ्नो विकासप्रति विश्वास लिएका छन्।

 

हाल अन्तर्राष्ट्रिय वातावरण यथावत रुपमा जटिल तथा गम्भिर छ, चीनको आर्थिक विकासको सामु पनि चुनौती देखा परेका छन्। तथापि चीनको आर्थिक विकास राम्रो हुने प्रवृत्तिमा परिवर्तन आएको छैन, चीनको आर्थिक विकासमा ठूलो निहित शक्ति छ। चीनले कठिनाईको समाधान गर्ने क्रममा उच्च गुणस्तरीय विकास हुने छ, यो विकासको प्रवृत्ति हो।