वैदेशिक लगानी भित्राउँदै ७ होटल तथा रेष्टुरेन्ट
2023-08-16 15:39:43cri
Share with:

साउन महिनामा मात्रै काठमाडौंमा वैदेशिक लगानीसहित ७ वटा होटल तथा रेष्टुरेन्ट दर्ता भएका छन्। काठमाडौंमा चिनियाँ र कोरियन रेष्टुरेन्ट सञ्चालन गर्ने प्रतिवद्धता जनाएको नेपालखबर अनलाइनले खबर लेखेको छ। पोखरामा २ वटा होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि दर्ता भएका छन् भने काठमाडौंमा २०० जनासम्म अट्ने रेष्टुरेन्ट सञ्चालन गर्ने बताएका छन्।

 

४ करोड कुल पूँजी रहेको इतुम कोरियन रेष्टुरेनट प्रालि सञ्चालन गर्न भन्दै साउन २२ गते उद्योग विभागमा दर्ता भएको छ। काठमाडौं महानगर वडा नम्बर ६ मा २०० जनासम्म अट्न सक्ने रेष्टुरेन्ट खोल्ने तयारी गरेको छ। होटलमा सत प्रतिशत विदेशी लगानी हुने उद्योग विभागले जनाएको छ। विदेशी लगानीमै गुड टेष्ट क्याफे प्रालि काठमाडौंको वडा नम्बर ३२ मा खुल्ने भएको छ। ४ करोड कुल पूँजीमा रेष्टुरेन्ट खुल्ने छ। रेष्टुरेन्टमा एकै पटक ६० जना अट्छन्। त्यसैगरी वाई लि होटल एण्ड रेष्टुरेन्ट प्रालिले होटल सहितको रेष्टुरेन्ट बनाउने भएको छ। वडा नम्बर १६ मा २० बेड र ३० सिट क्षमताको रेष्टुरेन्टमा विदेशी लगानी ल्याउने उल्लेख गरेका छन्।

साउनमै होङडोङ होटल एन्ड रेष्टुरेन्ट प्रालिले विदेशी लगानी ल्याउनेगरी उद्योग विभागमा दर्ता भएको छ। १ करोड कुल पूँजी भएको उद्योग दर्ता भएको छ। ५० जनासम्म अट्टे रेष्टुरेन्ट र २० बेडको होटल काठमाडौं १६ मा सञ्चालन गर्ने कम्पनीले जनाएको छ।

सु–लियन होटल प्रालि वडा नम्बर २६ मा सञ्चालन गर्नेगरी वैदेशिक लगानी भित्राउने प्रतिवद्धता जनाएको छ। त्यस्तै कुल पूजी ८ करोड रुपैयाँ रहेको होटलमा ४८ बेड र ८० जना अट्ने रेष्टुरेन्ट बन्ने भएको हो। वडा नम्बर २६ मा सत प्रतिशत वैदेशिक लगानीमा भित्राउने उल्लेख गरेको छ।काठमाडौं २७ मा डोंङफाङ्ग प्यालेस चाइना लान्झाउ फ्लेवर लिनछिया क्विसाइन प्रा।लि दर्ता भएको छ।