अमेरिकी शासकहरूले वास्तवमै पाठ सिक्न सक्छन् र?
2023-08-17 09:11:40cri
Share with:

केही वर्षअघि अमेरिकी फेडरल रिजर्भकी तत्कालीन अध्यक्ष जेनेट येलेनले भन्नुभएको थियोः आफ्नो जीवनकालमा "अमेरिकामा बैंकिङ संकट कहिल्यै पनि फेरि देखा पर्दैन"। तर, उहाँको भविष्यवाणी वास्तविकतासँग हारिएको देखियो। स्थानीय समय अनुसार अगष्ट ७ तारिख, ३ वटा मुख्य अन्तर्राष्ट्रिय रेटिंग एजेन्सीहरूमध्येको एक मुडिजले अमेरिकाका १० साना र मझौला आकारका बैंकहरूको क्रेडिट रेटिङलाई घटायो र युनाइटेड बैंक अफ अमेरिका तथा बैंक अफ न्युयोर्क मेलन लगायत ६ वटा ठूला बैंकहरूलाई निगरानी सूचीमा समावेश गर्यो। साथै ११ वटा बैंकहरूको रेटिंग अनुमानलाई नकारात्मक रूपमा तोक्यो। उक्त खबर जारी हुनेबित्तिकै ती 'नामी' बैंकहरूको शेयरको मूल्य एकपछि अर्को गरी तल झर्यो र अन्य ठूला बैंकहरूलाई पनि असर गरेको देखियो।

अमेरिकी बैंकिंग उद्योगसामु पूंजी जुटाउने दबाब र अपर्याप्त निगरानी लगायतका "धेरै दबावहरू" देखा परेको मुडिजजको उक्त रिपोर्टमा उल्लेख छ। ती दबावहरूमध्ये ठूलो संख्यामा अमेरिका बैंकहरूले सामना गर्नुपरेको अस्तित्वको संकट "पूँजी जुटाउने कठिनाइ" हो।

केही दिनअघि मात्र, अर्को अन्तर्राष्ट्रिय रेटिंग एजेन्सी फिचले अमेरिकी दीर्घकालीन विदेशी मुद्रा जारीकर्ताहरूको डिफल्ट रेटिङलाई ट्रिपल एबाट डबल ए प्लसमा घटाएको छ, जसबाट अमेरिकी ऋण सीमाको गतिरोध र यसको वित्तीय व्यवस्थापन क्षमताप्रति असन्तोष व्यक्त गरिएको देखिन्छ।

बितेका केही दिनमै दुईटै अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीले अमेरिकाको सम्बन्धित क्रेडिट रेटिङलाई घटाएका छन्। अमेरिकी ऋणपत्रहरूको ठूलो विस्तारदेखि, ब्याज नीतिको "उतरचढाव" परिवर्तन र हालै भएको बैंकिंग संकटसम्म, यी सबै दीर्घकालीन रूपमा अमेरिकी कपटपूर्ण व्यवहार र अमेरिकी डलर क्रेडिटको ओभरड्राफ्ट भएकोले पारिएको परिणाम हो भन्ने ठहर  विश्लेषकहरूले औंल्याएका छन्। यो नै पहिले "सुरक्षित-स्वर्गीय पूँजी" का रूपमा रहेको अमेरिकी ऋणपत्रहरू हाल जोखिमको स्रोत बनेको कारण हो।

अझ महत्त्वपूर्ण कुरा के हो भने, अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरूको बारम्बार "रातो बत्ती" देखाएको कार्य नै अमेरिकी आर्थिक व्यव्रथापन क्षमताको कमीप्रति दिइएको चेतावनी हो।

वस्तुगत अर्थको एक महत्वपूर्ण प्रतीकको रूपमा अमेरिकी बैंकिंग उद्योग संकटमा परेको छ र यसले गर्दा शृङ्खलाबद्ध नकारात्मक प्रभावहरू ल्याउन सक्छ। मुडिजको प्रतिवेदन अनुसार, सन् २०२४ को सुरुमा अमेरिकी अर्थतन्त्र हल्का मन्दीमा फस्नेछ र बैंकिङ उद्योगम देखा पर्ने जोखिम अझै बढ्दै जाने सम्भावना छ। विश्लेषकहरूका अनुसार, यो संकट वित्तीय प्रणालीमा विस्तार भएर वस्तुगत अर्थतन्त्रमा सरेपछि अमेरिकी अर्थतन्त्र लगायत विश्वव्यापी आर्थिक पुनरुत्थानमा असर पार्न सकिने छ।

फिच र मुडिजबाट गरिएको दुई डाउनग्रेड चेतावनीबाट स्पष्ट पर्याप्त संकेत पठाइसकेको छ। अबको प्रश्न के हो भने, अमेरिकी शासकहरूले वास्तवमै पाठ सिक्न सक्छन् र?