माउई टापुको बिनाशकारी आगलागीबाट अमेरिकी राजनीतिज्ञलाई के चेतावनी?
2023-08-17 20:39:23cri
Share with:

१ सयभन्दा बढी मानिसको ज्यान गयो। हजारौँ बेपत्ता भए र धेरै घरहरू ध्वस्त भए। अगष्ट १७ तारिखसम्म हावाई राज्यको माउई टापुमा भइरहेको आगलागीलाई पूराका पूरै निभाउन सकिएको छैन। मिडियासमक्ष र सामाजिक चौतारोमा थुप्रै अमेरिकीहरूले बेग्लाबेग्लै गरी आक्रोशित भएर निन्दा गरिरहेका छन्।

 

१ सय वर्षयता अमेरिकामा देखा परेको सबभन्दा गम्भीर आगलागीको दुर्घटना नै हो त्यो। त्यस दुर्घटना उत्पन्न हुनुको कारण के थियो? अवश्य नै भयङकर हुरी बतास, खडेरी मौसम र अधिकांश सुख्खा वनस्पति लगायतका प्राकृतिक तत्वहरू। तर झन् झन् बढी निहित तथ्यहरू चुहिएको सिलसिलामा मानिसहरूले के फेला पारेका छन् भने बितेका धेरै दुर्घटना जस्तै सो आगलागी दुर्घटना प्राकृतिक प्रकोप मात्र नभई मानवीय प्रकोप पनि समावेश छ।

 

हाल माउई टापुमा आगलागी अझै भइरहेको देखिन्छ। त्यस आगलागीले अधिकांश अमेरिकीहरूको    घरबार ध्वस्त पार्नुका साथै केही अमेरिकी राजनीतिज्ञको अकर्मण्यताको साँचो स्वरूप र अमेरिकी व्यवस्थाको खराबीलाई भण्डाफोर गरेको छ। दुर्घटना पीडित नागरिकहरूको दुःखद आवाज र बाह्य जगतको कडा आलोचनाको सामना गर्दा पनि बिदामा आनन्दसँग रमाइरहेका ती अमेरिकी राजनीतिज्ञहरूले यस चेतावनीबाट केही अनुभव प्राप्त गर्नसक्ने छन् कि?