चीनमा अध्ययनरत मंगोलियाका विद्यार्थी बायरका आँखामा “बेल्ट एण्ड रोड”
2023-08-18 09:23:50cri
Share with:


चिनियाँ भाषा फरर बोल्नसक्ने र चिनियाँ बीचको कुराकानी पनि हजरूपमा बुझ्नसक्ने मंगोलियाली युवा बायरले चीनमा अध्ययन सँगसँगै बसोबास गर्नथालेको धेरै वर्ष भइसकेको छ। हाल उनी छिङ व्हा विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विषयका विद्यार्थी हुन्। उनले भविष्यमा मंगोलिया र चीनको सम्बन्धको अझै सुन्दर भविष्यका लागि आफ्नो योगदान दिने आशा लिएका छन्

 

 “सामान्यतया मैले आफू मंगोलियाबाट आएको भनेर बताइन भने अरू सबैलाई म विदेशी भन्ने थाहा हुँदैन।

 

बायरको उक्त कुराबाट चीनप्रति उनको माया गौर झल्किएको छ। बायर सानैमा चीन आएका थिए। उनले पैचिङको एक अन्तर्राष्ट्रिय विद्यालयमा प्राथमिक तहको अध्ययन गरेका थिए। प्राथमिक विद्यालयबाट स्नातक भएपछि उनी मंगोलिया फर्केका थिए। पछि उनले विश्वविद्यालयमा पढ्न पैचिङलाई छनौट गरेका हुन्। बायरकाअनुसार, हालैका वर्षहरूमा चीनको समष्टिगत क्षमता बलियो भएको छ साथै उच्च गुणस्तरको बेल्ट एण्ड रोडको साझा निर्माण निरन्तर रुपमा गहिरो भएको छ र चिनियाँ सँस्कृति मंगोलियामा लोकप्रिय छ। बायर भन्छन् हाल चीनको विकास अझै उच्चस्तरीय भएको छ। मेरो विचारमा चिनियाँ भाषाको सिकाई एक राम्रो छनौट हो। चिनियाँ भाषा सिकेका मानिसले राम्रो भविष्य बनाउनसक्ने छन्।

 

सानो उमेरमा चीन आएका बायर हाल युवाकालमा छन्। बायरले हालैका वर्षहरूमा चीनको शहरीय निर्माण, जीवन र वातावरणमा भएको परिवर्तनको प्रशंसा गरेका छन् उनले चीनको डिजिटल विकासबाट जीवनमा ल्याइएको सुविधाको प्रशंसा गरे। उनी भन्छन् चीनको डिजिटल विकासप्रति मलाई अच्चम लाग्यो। खास गरी मोबाइल भुक्तानी। मोबाइल भुक्तानीबाट मैले चीनको वैज्ञानिक विकासको प्रगतिको अनुभव गरेँ।

 

बायरले चीनका धेरै शहरहरूको अवलोकन गरेका छन्। तर उन पैचिङलाई धेरै माया गर्छन्। बायरकाअनुसार, पैचिङमा पैचिङ डक चाख्नुबाहेक पैचिङको गहिरो साँस्कृतिक स्वादले पनि उनलाई आकर्षित गरेको छ। उनी भन्छन् चीनमा मलाई सबैभन्दा आकर्षित ठाउँ पैचिङ हो। किनभने म पैचिङमा हुर्केको हुँ। अर्कातिर पैचिङ प्रशस्त सँस्कृति र इतिहास बोकेको शहर हो। पुरानो र आधुनिक सँस्कृति मिस्रित भएका कारण पैचिङ विशेष शहर बनेको छ। पैचिङले विश्वको विभिन्न क्षेत्रका मानिसलाई आकर्षित गरेको छ। पैचिङमा बहुपक्षीय सँस्कृति मिलाइएको छ।

 

मंगोलिया सबैभन्दा छिटो बेल्ट एण्ड रोड प्रस्तावलाई समर्थन दिने मुलुकहरुमध्येको एक हो। चीन लगातार धेरै वर्षसम्म मंगोलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र लगानी मुलुक बनेको छ। बायरकाअनुसार, बेल्ट एण्ड रोड को साझा निर्माण हाल मंगोलिया र चीन यी दुबै मुलुकको सहयोगको नयाँ अध्याय उघार्ने बिन्दू हो।