उद्यमशीलता सम्मेलन सम्पन्न
2023-08-18 19:14:05cri
Share with:

युवाहरूलाई उद्यमशीलताका लागि अभिप्रेरित गर्ने उद्देश्यसहित आयोजना भएको उद्यमशीलता प्रेरणा सम्मेलन सम्पन्न भएको छ।


राष्ट्र निर्माण नेपाल मञ्च र उद्यमशील युवा सृजनशील युवा अभियानले बुधवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देशभरका तीन सयभन्दा बढी युवाहरूको सहभागिता थियो ।


कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, अर्थशास्त्री प्राडा डा अच्युत वाग्ले, नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष ज्योत्सना श्रेष्ठले धारणा राखेका थिए।


कार्यक्रममा अर्थमन्त्री डा महतले युवाहरू पछिल्लो समय देखासिकीमा विदेश जाने लहडमा लागेको र यसलाई रोक्नका लागि उद्यमशीलता विकासका लागि सरकारले उत्प्रेरणात्मक कार्यक्रम ल्याएको बताउनुभयो।


नेपालमै पर्याप्त अवसर भएको र यसलाई खोजी गर्ने जिज्ञासु युवाहरूलाई स्रोत साधनको अभाव नहुने र सरकारको पनि साथ र समर्थन रहने उहाँको भनाइ थियो।


पूर्वअर्थमन्त्री खतिवडाले उद्यमशीलता व्यक्तिको विशेष क्षमता भित्र पर्ने बताउनुभयो। उद्यमशीलताको वातवरण शिक्षाबाट सुरू हुने भन्दै उहाँले शिक्षा क्षेत्रमा कमजोरी देखिएको बताउनुभयो । उच्च शिक्षा लिन नसक्ने जनशक्तिलाई केन्द्रित गरेर सीप विकास र वित्तीय स्रोत व्यवस्थापन केन्द्रित कार्यक्रम ल्याउनु पर्ने पनि उहाँले बताउनुभयो।


उद्यमशील युवा सृजनशील युवा अभियानका संयोजक भुपेन्द्रजंग शाहीले युवाहरूलाई आर्थिक क्रिबयाकलापमा जोड्नु पर्ने बताउनुभयत्र। उहाँले बहुसंख्यक जनसंख्या युवा रहेकै सन्दर्भमा उनीहरूको उपयोग आर्थिक उन्नयनमा गर्नुपर्ने बताउनुयभो। युवा उधमी रन्जित आचर्यले उद्यमशीलता विकासका लागि सरकारको मुख ताकेरभन्दा पनि सिर्जनशील सोचबाट उद्यमशीलता आफैँ जन्मिने बताउनुभयो। अहिलेकै राजनीतिक तथा प्रशासनिक सोच र शैलीमा सुधारको सम्भावना नदेखिएको र यसैको निरन्तरताबाट उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जना नहुने अनलाइनखबरमा समाचार छ।