लाइ द छिङ सम्पूर्ण संकटका सिर्जनाकार
2023-08-19 17:09:15cri
Share with:

चीनको थाइवान क्षेत्रका उपनेता लाइ द छिङ अगष्ट १८ तारिख “ट्रान्सिट भएर” अमेरिकाको भ्रमण समाप्त गरी थाइवान फर्केका छन्। उनको अमेरिकाको भ्रमणअघि तथा पछि थाइवानका नागरिकहरुले र अमेरिकामा बसोबास गर्ने चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशीहरुले उनको विरोध गरेका छन्। विभिन्न पक्षहरुले लाइ द छिङ सम्पूर्ण संकट सर्जक भएका बुझेका छन्। बदनामी कमाएका यी “थाइवान स्वतन्त्रता पक्षधर तत्व” जहाँ गए पनि हेलाँको सामना गरिरहेका छन्।

 

यस पटक “ट्रान्सिटको” निहुँ पारेर अमेरिकाको भ्रमण गरेका लाइ द छिङको सबैभन्दा ठूलो उद्देश्य थाइवान क्षेत्रका नेता सम्बन्धी आम निर्वाचनमा आफू सहभागी हुन अमेरिकाको समर्थन प्राप्त गर्नुका साथै अन्तर्राष्ट्रिय समाजमा “स्वतन्त्र थाइवान” सम्बन्धी वाहियात कुराको प्रचार प्रसार गर्नु हो। जसले अवश्य नै चीन-अमेरिका सम्बन्धमा संकट ल्याएको छ।

 

हाल थाइवानले शान्ति अथवा युद्ध र समृद्ध अथवा ह्रास हुने दुईटा भावी छनौटको सामना गरिरहेको छ। अरु बढी थाइवानबासीहरुले “स्वतन्त्र थाइवान”को पृथकतावादी गतिबिधिको दृढताका साथ विरोध गर्दै शान्तिपूर्ण एकीकरणको खोजी दुई किनाराका चिनियाँहरुको साझा हितसँग अनुकूल रहेको बुझेका छन्। लाइ द छिङ जस्तै पृथकवादी तत्वहरुले राष्ट्रिय पुन:उत्थान तथा दुई किनाराको एकीकरण हुने ऐतिहासिक प्रवृतिलाई कुनै पनि व्यक्ति अथवा कुनै पनि शक्तिले रोक्न नसक्ने बुझ्नुपर्छ।