अमेरिकाले बनाउन खोजेको “एशिया प्रशान्त सानो नेटो” विफल हुनुपर्ने
2023-08-20 19:46:29cri
Share with:

हवाईको भयंकर आगलागीको पृष्ठभूमिमा अमेरिका, जापान र गणतन्त्र कोरिया ३ मुलुक बीचको पहिलो शिखर सम्मेलन क्याम्प डेभिडमा सम्पन्न भएको छ। ह्वाइट हाउसको वेभसाइटबाट के फेला पारिएको छ भने ३ वटा मुलुकका नेतागणले पत्रकार सम्मेलनमा १७ पटक गरी चीनबारे चर्चा गर्नुभएको थियो। शिखर सम्मेलनपछि प्रकाशित ३ वटा वक्तव्यमा अमेरिकाले थाइवान जलडमरू र दक्षिण चीन सागर आदि विषयलाई बङ्ग्याउँदै त्रासको सामना गर्न विभिन्न पक्षलाई तेज पारी जथाभावी चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ।

 

जापान र गणतन्त्र कोरिया दुवै नै अमेरिकाको संगाती मुलुक हुन्। तैपनि ती दुई मुलुकको आ-आफ्नो कुचेष्टा पनि छ। के भन्न सकिन्छ भने वास्तवमा ३ वटा मुलुक बीच समन्वय गर्न नसकिने अन्तर्विरोध मौजुद छ।

 

अमेरिकाले एउटा “एशिया प्रशान्त सानो नेटो” बनाउन खोजेको षड्यन्त्र अन्त्यमा विफल हुनेछ। किनकि त्यो षड्यन्त्र शान्ति र विकास खोज्ने क्षेत्रीय सर्वसाधारणको आधारभूत आग्रह विपरीत छ। त्यसैगरी पृथक प्रतिद्वन्दी ल्याइन सक्ने कुनै पनि सानो परिधिलाई शान्तिको माया गर्ने सबै मुलुक र क्षेत्रीय सर्वसाधारणले दृढताका साथ विरोध गर्नैपर्छ।