कोभिड महामारीपछि स्थगित नेपाल–चीन सैन्य अभ्यास अझै अनिश्चित
2023-08-21 16:40:16cri
Share with:

कोभिड१९ का बेला रोकिएको नेपालचीन सैन्य अभ्यास फेरि सुरु हुन सकेको छैन नेपालभारत र नेपालअमेरिका सैन्य अभ्यास सुरु भएको एक वर्ष बितिसक्दासमेत चीनसँग २०७४ देखि हुँदै आएको सगरमाथा मित्रतासंयुक्त सैन्य अभ्यास भने सञ्चालन हुन नसकेको कान्तिपुर अनलाइनले लेखेको छ।

दोस्रो संस्करणको नेपालचीन सैनिक अभ्यास छेन्दुमा भए पनि कोभिड१९ का कारण रोकिएको तेस्रो संस्करणको अभ्यास हुन सकेको छैन नेपाली सेनाले कोभिड१९ को खोप उपलब्ध भएपछि र दोस्रो लहर सकिएपछि भारत, अमेरिका र चीनसँग सैन्य अभ्यास गर्नका लागि पत्राचार गरेको थियो त्यसपछि भारत अमेरिकाले संयुक्त सैनिक अभ्यास गरिसके पनि चीनले लामो समयसम्म पत्रको जवाफ पठाएको छैन

सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले नेपालचीन सैन्य अभ्यास फेरि गर्ने विषयमा टुंगो लागिनसकेको जानकारी दिनुभयो कोभिड१९ पछि भारत र अमेरिकासँग सैन्य अभ्यास भइसकेको छ तर चीनबाट कुनै सन्देश प्राप्त भएको छैन, कहिले सुरु हुन्छ भन्न सकिन्न,’ उहाँले भन्नुभयो, ‘पढाइ, तालिमलगायत अन्य विषय फेरि सुरु भइसकेको छ तर संयुक्त सैन्य अभ्यासबारे टुंगो लागेको छैन

चिनियाँ जनमुक्ति सेना (पीएलए) अन्तर्गत तिब्बती मिलिटरी कमान्डका मेजर जनरल लुई एन्डेले गत बुधबार नेपाल भ्रमण गर्नु भएको थियो। उक्त टोली आइतबार फर्कियो भ्रमणका दौरान लुईले प्रधानसेनापति प्रभुराम शर्मालाई पनि भेट्नु भएको थियो। त्यस अवसरमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको भण्डारीले बताउनुभयो आठ सदस्यीय सीमा सुरक्षा प्रतिनिधि ोलीको नेतृत्व गर्दै आएका मेजर जनरल लुईले सीमा मामिलाको विषयमा कुराकानी गर्नु भएको थियो तर संयुक्त सैनिक अभ्यासलगायत मामिला बेइजिङको रहेकाले उहाँले त्यसबारे केही बोल्नु भएन।

साउन १४ मा पीएलए स्थापनाको ९६ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा नेपालस्थित चिनियाँ दूतावासले कार्यक्रम गरेको थियो कार्यक्रममा प्रधानसेनापति शर्मा पनि सहभागी हुनुहुन्थ्यो नेपालका लागि चिनियाँ राजदूत छन सोङ प्रधानसेनापति शर्माले आफ्नो सम्बोधनका क्रममा दुई मुलुकबीचको सैनिक सम्बन्ध तथा संयुक्त अभ्यासबारे चर्चा गर्दै सैनिक सम्बन्धलाई जोड दिने बताउनु भएको थियो तर सैनिक अभ्यास हुन सकेको छैन

नेपालले सन् २०१७ मा चिनियाँ जनमुक्ति सेनासँग नेपालचीन सगरमाथा मैत्रीपूर्णसंयुक्त सैनिक अभ्यास थालेको थियो त्यसको पहिलो संस्करण नेपालमा भयो भने दोस्रो संस्करण सन् २०१८ मा चीनको छेन्दुमा भएको थियो

नेपाली सेनाले भारतीय, अमेरिकी र चिनियाँ सेनासँग विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्योपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवादजस्ता विषयमा सैन्य अभ्यास गर्दै आइरहेको छ सेनाहरूबीच संयुक्त अभ्यासमा फौजहरूले प्रतिविद्रोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानबारे व्यावहारिक रूपमा अभ्यास हुने गर्छ संयुक्त अभ्यासमा नेपाली सेना अन्य मुलुकका सेनाबीच सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरूको आदानप्रदान गरिरहेको सेनाले जनाएको छ

अमेरिकी सेनाको विशेष फोर्स र नेपाली सेनाको महावीर बटालियनबीच सन् २०१५ को सेप्टेम्बरदेखि ब्यालेन्स नेलनाममा संयुक्त अभ्यास सुरु भएको हो सेनाका अनुसार ब्यालेन्स नेलको संयुक्त अभ्यास शृंखलामा भ्रमण आदानप्रदान प्रशिक्षण कार्यक्रमहरू भने सन् १९९० पछि नै ुन थालेको हो नेपाली सेनाले सन् २०११ देखि भारतसँग सूर्य किरणनाम संयुक्त अभ्यास गर्दै आइरहेको छ भने अमेरिकासँग विपद् व्यवस्थापनको क्षेत्रमा संयुक्त अभ्यास गर्दै आएको छ

नेपालचीन संयुक्त सैनिक अभ्यासलाई राष्ट्रको वैदेशिक नीति र सुरक्षा सम्बन्धको आधारमा अघि बढाइन्छ २०६२/६३ पछि नेपाली सुरक्षा निकायसँग चिनियाँ सैनिकको सम्बन्ध विस्तार भएको हो त्यसयता चीनले सशस्त्र प्रहरी बलको पाँचखालमा निर्माणाधीन तालिम केन्द्रलाई सहयोग गर्नुका साथै सेनालाई पनि सहयोग गर्दै आइरहेको