चिनियाँ राष्ट्राध्यक्ष १५ औँ ब्रिक्स शिखर सम्मेलन र दक्षिण अफ्रिकाको राजकीय भ्रमणमा
2023-08-21 16:39:03cri
Share with:

अगस्ट २१ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ विशेष विमानबाट अफ्रिका प्रस्थान गर्नुभयो। दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाको निमन्त्रणामा उहाँले जोहानेसबर्गमा आयोजना हुने १५ औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन र दक्षिण अफ्रिकाको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ। दक्षिण अफ्रिकाको भ्रमणको अवसरमा राष्ट्राध्यक्ष सीले रामाफोसासँगको चीन-अफ्रिका नेताहरूको वार्तामा भाग लिने कार्यक्रम छ।