पछिल्लो ७ महिनामा नेपाल भित्रिए ५ लाख ३४ हजार विदेशी पर्यटक
2023-08-21 16:42:23cri
Share with:

पछिल्लो ७ महिनामा नेपालमा कुल ५ लाख ३४ हजार २०७ पर्यटक नेपाल भित्रिएका छन्। २०२३ को जनवरीदेखि जुलाईसम्म सो संख्याका पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ। सन् २०२२ वर्षभर कुल ६ लाख १४ हजार पर्यटक नेपाल आएको तथ्यांक रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

बोर्डका अनुसार २०२३ को सात महिनालाई हेर्दा मार्च महिनामा सबैभन्दा धेरै ९९ हजार ४२६ पर्यटक नेपाल आएका छन्। २०२२ मा अक्टोबर महिनामा सबैभन्दा धेरै ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिएका थिए। विगतका वर्षलाई हेर्दा अक्टोबर, नोभेम्बर महिना पर्यटकको संख्या केही बढी देखिने गरेकोछ। तसर्थ २०२२ को तुलनामा २०२३ मा पर्यटकको संख्या थप बढ्ने देखिन्छ। बोर्डको वार्षिक तथ्यांकअनुसार सन् २०१९ मा नेपालमा सबैभन्दा धेरै ११ लाख ९७ हजार पर्यटक आएका थिए।