“सी चिनफिङलाई मन पर्ने सङ्केत” सीजन २ अफ्रिकामा सुरू
2023-08-21 09:37:28CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रिक्स राष्ट्रनायक बीच १५औं वार्ता एवम् दक्षिण अफ्रिकाको राजकीय भ्रमणका क्रममा चाइना मिडिया ग्रुपबाट बनाइएको “सी चिनफिङलाई मन पर्ने सङ्केत” सीजन २ सञ्चालित  समारोह अगष्ट २० तारिख जोहान्सबर्गमा आयोजित भएको छ। यो कार्यक्रमका अंग्रेजी, फ्रेन्सेली, अरेबेली, हौसा तथा स्वाहिली आदि भाषाका संस्करण ३८ अफ्रिकी देशका ६२ मुख्य सञ्चार माध्यममा सञ्चालित हुनेछ।

“सी चिनफिङलाई मन पर्ने सङ्केत”को सीजन २ ले राष्ट्राध्यक्ष सी चिनफिङका भाषण, लेख तथा सम्बोधनमा उद्धृत गरिएका चिनियाँ भनाइ तथा सङ्केत छानेर चिनियाँ सभ्यताको व्याख्या गरिएको छ।

दक्षिण अफ्रिकी अफ्रिकी राष्ट्रिय कांग्रेसका उपाध्यक्ष एवम् दक्षिण अफ्रिकी उपराष्ट्रपति पाउल माशटिलायले उक्त कार्यक्रमको सञ्चलनलाई शुभकामना व्यक्त गर्नुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय प्रचार विभागका उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्यौङ, दक्षिण अफ्रिकी महिला, युवा तथा अपाङ्ग मन्त्री ड्लामिनि चुमा, दक्षिण अफ्रिकाका लागि चिनियाँ राजदुत छन स्याउ तुङ, अफ्रिकी ब्रोडकास्टिङ संघका प्रमुख कार्यकारी अधिकृतलगायत गन्यमान्य व्यक्तिहरू उक्त समारोहमा सम्बोधन गर्नुभएको छ।