चिनियाँ राष्ट्राध्यक्षद्वारा दक्षिण अफ्रिकी मिडियामा हस्ताक्षरित लेख प्रकाशित
2023-08-21 16:37:51cri
Share with:

अगस्ट २१ तारिख १५ औँ ब्रिक्स नेताहरूको बैठकमा भाग लिन जोहानेसबर्ग जाने र दक्षिण अफ्रिकाको राजकीय भ्रमण गर्ने अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले दक्षिण अफ्रिकाको स्टार’, ‘केप टाइम्स’, ‘मर्क्युरी न्यूज र दक्षिण अफ्रिका स्वतन्त्र मिडिया वेबसाइटमा "चीन-दक्षिण अफ्रिकाको मित्रता र सहयोगको ठूलो जहाजमा यात्रा गरौँ" शीर्षकमा हस्ताक्षरित लेख प्रकाशित गर्नुभएको छ।

दक्षिण अफ्रिका चीनसँग "बेल्ट एन्ड रोड" को संयुक्त निर्माणमा सहयोग दस्तावेजमा हस्ताक्षर गर्ने पहिलो अफ्रिकी राष्ट्र हो। यो लगातार १३ वर्षयता अफ्रिकामा चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको छ। यी दुबै राष्ट्रबीचको सहयोग रुपी केक झन बढी ठूलो बन्दै गएको छ। ठूलो संख्यामा चिनियाँ कम्पनीहरूले दक्षिण अफ्रिकामा आफ्नो व्यवसाय विस्तार गर्दै समाजलाई फाइदा दिइरहेका छन्। दक्षिण अफ्रिकी कम्पनीहरूले पनि भरिपूर्ण व्यापारिक अवसरसहित चिनियाँ बजारमा लगानी गरेका छन् र चीनको आर्थिक विकासमा सकारात्मक योगदान पुर्‍याएका छन्।

एक शताब्दीको परिवर्तनको सामना गर्दै यदि चीन-अफ्रिका सम्बन्ध स्थिर छ र चीन-अफ्रिका सहयोग राम्रोसँग विकसित छ। दुबै पक्षहरुले चीन-अफ्रिका नेताहरूको वार्ताको आयोजना गर्ने छन्। चीनले अफ्रिकी सङ्घलाई यस वर्ष जि बीस समूहमा भाग लिन ठोस प्रवर्द्धन गर्ने छ। अफ्रिकी देशहरू र अफ्रिकी सङ्घले अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा ठूलो भूमिका खेल्ने अपेक्षा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।