“सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू” सिजन २ अफ्रिकाका ६० वटा सञ्चार-माध्यमबाट प्रसारित
2023-08-22 09:43:37cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रिक्स मुलुकका नेताहरूको १५ औं भेटवार्तामा भाग लिनुका साथै दक्षिण अफ्रिकाको राजकीय भ्रमणका अवसरमा चाइना मिडिया ग्रुपबाट बनाइएको “सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू” सीजन २ अंग्रेजी, फ्रेन्सेली, अरेबेली, हौसा तथा स्वाहिली आदि भाषाको संस्करण अगष्ट २० तारिखदेखि अफ्रिकाका ४० वटा मुलुकका ६६ वटा सञ्चार-माध्यमबाट प्रसारण हुन थालेको छ।

अगष्ट २१ तारिख अपरान्ह ४ बजेसम्म “सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू” सीजन २ नाइजेरियाली राष्ट्रिय टेलिभिजन, तान्जानियाली राष्ट्रिय टेलिभिजन, केन्याको पीपीपी टेलिभिजन लगायतका अफ्रिकाका ४० वटा मुलुकका ६६ वटा सञ्चार-माध्यमबाट प्रसारण गरिएको छ र साथै दक्षिण अफ्रिकाको जोहान्सबर्गस्थित मान्डेला चोकमा पनि प्रदर्शन गरिएको छ। 

दक्षिण अफ्रिकाका महिला, युवा, फरक क्षमतामन्त्री दलामिनी जुमाले चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिँदै चीनका नेताको हैसियतमा सी चिनफिङले जनताका लागि सक्दो प्रयास गर्नुभएको बताउनुभयो। साथै उहाँले दक्षिण अफ्रिकाले चीनको विकास अनुभव खासगरी चीनको गरिबी मुक्ति अनुभव सिक्नसक्ने कुरा बताउनुभयो।