#अल्पसंख्यक जाति# आठवटा घोडाले ल्याएको खुशीयाली जीवन -१
2023-08-22 09:38:42cri
Share with:

रातमा १० बजेतिर, चिनियाँ सिन्च्याङ युगुर स्वायत्त प्रदेशीय करामाय शहरीय उअरह बस्तीमा अवस्थित पा फी मा अर्थात् आठवटा घोडा नामक सडकमा अझै पनि चम्किरहेका छन्। त्यहाँ पर्यटक र खाना खानेहरुको हाँसो र प्रदर्शनको रमाइलो संगीत पूर्ण रूपमा एकीकृत छ, र विविध मिठा खानाको स्वादिलो सुगन्ध सँगसँगै आकाशमा घुमेको छ।

कसैलाई विश्वास नलाग्ला, केही वर्षअघि मात्रै, यो वु अर ह बस्ति मुख्यत छाइ कान छाउ गाउँ र हा ख गाउँ यी दुई खेती र पशुपालन गाउँबाट गठित थियो। त्यहाँ गाउँलेहरू खेती पाती वा चरनमा निर्भर गरेर जीवन बिताउँथे। गाउँका अधिकांश युवा कामदारहरू काम गर्न बाहिर जान्थे। र किसानहरूका आवास प्रायः खाली हुन्थे।

यद्यपि, सिन्च्याङको सदरमुकाम उरुमुछी शहरबाट कानास पर्यटकीय क्षेत्रसम्म जाँदा वुअरह पुग्नुपर्ने स्थान हो र यो मध्य बिन्दु पनि हो। त्यहाँ खानपान गर्ने, आराम गर्ने र बस्ने पर्यटक  धेरै छन्, विशेष गरी सेल्फ-ड्राइभिङ पर्यटकहरू। त्यसैले, वुअरह बस्तीले भौगोलिक परिस्थितिअनुसार चौतर्फी पर्यटनको विकास गर्ने र ग्रामीण अर्थतन्त्रको पुनरुत्थान गर्ने रणनीति बनाएको छ। केही वर्षको प्रयासपछि, हाल वुअरह पर्यटन तथा होमस्टे, लोक संस्कृति तथा रीतिरिवाज, आरामी कृषि, विशेषतायुक्त प्रजननलगायत एकीकृत ग्रामीण पर्यटन गन्तव्य बनेको छ। आजको " अल्पसंख्यक जाति"कार्यक्रममा मसँगसँगै वुअरहमा भएका ठूला परिवर्तन र स्थानीय बासिन्दाहरूको सुखी जीवन हेर्न जाऔँ।

वुअरह बस्तिमा आठ घोडाहरूको मूर्ति छ। त्यसैले जब स्थानीय पर्यटन परियोजनाको निर्माण प्रारम्भमा यी आठ घोडाबाट शहर केन्द्रित वाणिज्य सडकको नाम दिइएको छ। यो पा फी मा अर्थात आठवटा घोडा बजार हो। आठ घोडा बजारबाट ज्यादै नजिकै ह्वाइयांग-शैली श्रेष्ठ स्तरीय होमस्टे याङ चौ भवन पर्दछ। कसले विश्वस गर्नुपर्छ, यहाँ तीसभन्दा बढी कोठाको व्यवस्थापन गर्ने म्यानेजर सन् १९९७ मा जन्मेकी मंगोलियाली महिला किमिगे हुनुहुन्छ।

'मैले सन् २०१९ मा सिन्च्याङ टेलिभिजन र रेडियो विश्वविद्यालयबाट स्नातक गरेर जन्मथलो फर्किएँ। हाल याङ चौ होमस्टेकी मेनेजर हुँ।"कानुन अध्यायनबाट स्नातक गरेकी किमिगेले उरुमकीजस्तो ठूलो शहरमा केही काम खोज्ने योजना बनाउनुभयो। स्थानीय पर्यटन परियोजनाको निर्माण समयमा,  परिवारको प्रोत्साहनमा उहाँ जन्मथलो फर्कनुभयो। उहाँले आफ्नो विशेषज्ञताको उपयोग गरेर गाउँलेहरुलाई नीति बुझ्न र जवाफ दिन सहयोग गर्नुभएको छ। त्यसपछि होमस्टे परियोजनाको सञ्चालन सुरू भएर, किमिगेले फ्रन्ट डेस्कबाट सुरु गरेर हाउसकिपरको पदसम्म चरणबद्ध रूपमा कोठा सेवाको सबै व्यावसायिक सीप सिक्नुभएको छ। दुई वर्ष लागेर उहाँ होम्स्टेका प्रबन्धक नियुक्त हुनुभएको छ।

किमिगेका आमाबाबुले पनि पर्यटन क्षेत्रमा पर्यटनसँग सम्बन्धित सेवा कार्य गरेका छन्। परिवारसँगै बसेर र रोजगारीको समस्या समाधान गरेर जन्मथलोमा आफ्नो क्यारियर अपेक्षा पूरा गरेको कुरा किमिगेले बताउनुभएको छ।

 " हरेक वर्षको अन्त्यमा हामी लाभांश पाउँछौँ। जुन प्रति परिवारले लगभग ४० हजार युआन प्राप्त गर्न सक्छ। साथै आफ्नै तलबसँगै आय अझै बढी भएर ज्यादै उद्देश्यपूर्ण छ। मेरो परिवारमा चार जना छन्। हाम्रो परिवारको आम्दानी वार्षिक रूपमा एक लाख युआनभन्दा बढी पुगेको छ।"