सी चिनफिङद्वारा ब्रिक्स मुलुकहरूको उद्योग तथा वाणिज्य मञ्चको समापन समारोहलाई सम्बोधन
2023-08-23 09:30:12cri
Share with:

स्थानीय समय अनुसार अगष्ट २२ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जोहान्सबर्गमा आयोजित ब्रिक्स मुलुकहरूको उद्योग तथा वाणिज्य मञ्चको समापन समारोहलाई “सबल एकता र सहकार्य, जोखिम र चुनौतीको सामना, सुन्दर संसारको संयुक्त रुपमा निर्माण” शीर्षकको सम्बोधन गर्नुभएको छ।

सी चिनफिङले हालको संसार भाग्य समुदाय हो र विभिन्न मुलुकका जनताले दीर्घकालीन शान्ति र सुरक्षित संसार र साझा समृद्धि, खुला, स्वच्छ तथा सुन्दर संसारको अपेक्षा गर्नु हो, भन्नुभयो। उहाँले विभिन्न मुलुकले मानव भाग्य समुदायको सिर्जना गर्ने अवधारणालाई अगाडि बढाएर कार्यान्वयनमा उत्रिनुपर्ने कुरामा जोड दिनुभयो।

सीले चीनले विभिन्न मुलुकसँग मिलेर विश्व विकास प्रस्तावको सहकार्यलाई अघि बढाउन गति प्रदान गर्ने, चुनौतीको सामना गर्ने, विभिन्न मुलुकका जनतालाई लाभ दिने कुरा बताउनुभयो।  

यसैबीच सीले विकासोन्मुख मुलुकको रुपमा चीनले सधैं नै अरु विकासोन्मुख मुलुकहरूसँग विकासोन्मुख मुलुकको साझा हितको संरक्षण गरेको, विश्व मामिलामा नवोदित बजार मुलुक र विकासोन्मुख मुलुकको प्रतिनिधि र वाक् स्वतन्त्रतालाई अघि बढाउने कुरा बताउनुभयो।

उहाँले चीनको १ अर्ब ४० करोड जनसंख्याले आधुनिकीकरणतर्फ लम्कने साथसाथै चीनले विश्व अर्थतन्त्रका लागि अझै ठूलो योगदान दिने कुरामा जोड दिनुभयो।