चीन र दक्षिण अफ्रिकाबीचमा आशाजनक भविष्य
2023-08-23 20:53:26cri
Share with:


यो वर्ष चीन र दक्षिण अफ्रिकाबीच दत्य सम्बन्ध स्थापना भएको २५ औँ वार्षिकोत्सव हो। विगत २५ वर्षमा दुई देशले साझेदारी र रणनीतिक सहकार्यबाट चतर्फी रणनीतिक साझेदारीमा फड्को मारेका छन्। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको दक्षिण अफ्रिकाको यो राजकीय भ्रमण चौथो हो। स्थानीय समय अनुसार अगष्ट २२ तारिख दुई राष्ट्र नायकले वार्ता गर्दै चीन र दक्षिण अफ्रिकाबीचको बृहत् रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन र संयुक्त रूपमा उच्चस्तरीय चीन-दक्षिण अफ्रिका समुदायको निर्माण गर्न मिलेर काम गर्न सहमति जनाएका छन्।

"चीन र दक्षिण अफ्रिकाबीचको असल सम्बन्धचीन र दक्षिण अफ्रिकाबीचको गहिरो मित्रताको कुञ्जी भनेकाले दुई देश र दुई पार्टीले आ-आफ्नो विकास मार्गमा गहिरो मित्रता कायम गर्नु हो।" चिनियाँ राष्ट्राध्यक्ष सीले चीन र दक्षिण अफ्रिका उच्च स्तरको पारस्परिक विश्वास भएका रणनीतिक साझेदार, सँगै प्रगति गर्ने विकास साझेदार, एकअर्कालाई राम्ररी चिन्ने मित्रवत साझेदार र न्याय कायम राख्ने विश्वव्यापी साझेदार हुनुपर्छ भन्ने प्रस्ताव गर्नुभयो। यी चार सुझावहरू वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिको गहिरो अन्तर्दृष्टि, चीन-दक्षिण अफ्रिका सम्बन्धको सही स्थिति र द्विपक्षीय व्यावहारिक सहयोगलाई गहिरो बनाउने दिशामा आधारित छन्।

तीमध्ये, विकास चीन र दक्षिण अफ्रिकाको साझा कार्य हो। दुवै पक्ष सहयात्री हुन्। विश्वका महत्वपूर्ण विकासोन्मुख राष्ट्रहरूका रूपमा चीन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय शासन प्रणालीको सुधारमा समान धारणा रहेको छ र अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको संरक्षण तथा विकासोन्मुख देशहरूको हितको रक्षा गर्ने जिम्मेवारी संयुक्त रूपमा छ। चीन-दक्षिण अफ्रिका सम्बन्ध उज्ज्वल सम्भावना र आशाजनक भविष्यका साथ "स्वर्ण युग" मा प्रवेश गरेको छ।