ब्रिक्स नेता स्तरीय १५ औँ वार्तामा चिनियाँ राष्ट्राध्यक्षको सम्बोधन
2023-08-23 19:42:59cri
Share with:

      चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अगष्ट २३ तारिख जोहानेसबर्गमा आयोजना भएको ब्रिक्स नेता स्तरीय १५ औँ वार्तामा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। उहाँका अनुसार नयाँ परिवर्तित अवधिमा रहेको वर्तमान विश्वका सामु ठूलो व्यवस्थापन, पुनःगठन, अस्थिरता, अनिश्चितता आदि धेरै तत्व देखा परेका छन्। ब्रिक्स राष्ट्र अन्तर्राष्ट्रिय प्रारुपको पुननिर्माण गर्ने महत्वपूर्ण शक्ति हो। ब्रिक्स राष्ट्रहरुबीचको सहयोग विकास महत्वपूर्ण अवधिमा रहेको छ भने यसले अन्तर्राष्ट्रिय व्यवस्थापनलाई उच्च न्याय तथा उचित दिशातर्फ विकसित हुन प्रवर्द्धन गरिरहेको छ।

चीनले वैज्ञानिक र प्राविधिक आविष्कार उपलब्धिहरूको रूपान्तरणका लागि सहयोग प्रदान गर्न "चीन-ब्रिक्स नयाँ युग विज्ञान र प्रविधि इन्क्युबेशन पार्क" स्थापना गर्ने छविभिन्न देशहरूमा कृषि, पारिस्थितिक, प्रकोप न्युनीकरण र अन्य क्षेत्रहरूको विकासका लागि डाटा समर्थन प्रदान गर्न स्याटेलाइट डाटा र एप्लिकेसन कोअपरेसन प्लेटफर्म स्थापना गर्न खोजिरहेको छ। चीनले संयुक्त राष्ट्रसङ्घीय विकास एजेन्डालाई व्यवहारमा उतार्न विभिन्न पक्षसँग "ब्रिक्स दिगो उद्योग आदानप्रदान र सहयोग संयन्त्र" निर्माण गर्न इच्छुक छ।

प्राचिन अफ्रिकी भूमिमा गहन बुद्धिमान रहेको छ। उबुन्टु भावनाले जनताबीचको सहअस्तित्व र घनिष्ट सम्बन्ध अडानलाई जोड दिन्छ। चीनले ब्रिक्स राष्ट्रहरुसँगसँगै मानवीय भाग्य समुदायको धारणा लिँदै रणनीतिक साझेदारी सम्बन्धलाई मजबुत बनाउन विभिन्न क्षेत्रको सहयोगलाई गहन पार्दै जाने इच्छा राखेको छ।