विकास र पुनरुत्थानको बाटोमा सेनेगलसँग हातेमालो गर्न चीन इच्छुकः चिनियाँ राष्ट्राध्यक्ष
2023-08-24 10:33:55CRI
Share with:

स्थानीय समयअनुसार अगष्ट २३को दिउँसो, जोहानेसबर्गमा ब्रिक्स शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सेनेगलका राष्ट्रपति म्याकि सलसँग भेटवार्ता गर्नुभएको छ। 

भेटमा राष्ट्राध्यक्ष सीले यसरी औंल्याउनुभयोः सेनेगल अफ्रिकामा चीनको महत्वपूर्ण साझेदार हो। राष्ट्रिय स्थिरता र विकास कायम गर्न सेनेगलको प्रयासको चीनले दृढतापूर्वक समर्थन गर्दछ र सेनेगलसँग पारस्परिक समर्थनलाई बलियो बनाउने, उद्योग, कृषि, पूर्वाधार निर्माण र मानवशक्ति श्रोत विकास क्षेत्रमा हुने सहयोगलाई गहन बनाउने आशा चीनले लिएको छ। यसका साथै संयुक्त रूपमा वैधानिक विकास अधिकार र हितको रक्षा गर्दै दुई देश बीच व्यापक रणनीतिक सहकारी साझेदारी सम्बन्धलाई बढाउने इच्छुक चीनसँग छ।

सोही अवसरमा सेनेगरका राष्ट्रपति म्याकि सलले फेरि एक पटक, म चीन र सेनेगल बीचको उच्च स्तरीय द्विपक्षीय सम्बन्धको उच्च प्रशंसा गर्नुभएको छ। साथै उहाँले एक चीन नीतिलाई दृढतापूर्वक कायम राख्दै सेनेगल-चीन द्विपक्षीय सहयोग राम्रोसँग विकसित पार्ने पुष्टि पनि गर्नुभएको छ।