चिनियाँ उद्यमहरू नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै जाने
2023-08-24 10:11:04cri
Share with:

चीन-दक्षिण एशिया एक्स्पो अर्थात् २७ औँ चीन खुनमिङ आयात निर्यात मेला अगस्ट १६ देखि २०सम्म युन्नान प्रान्तीय सदरमुकाम खुनमिङमा आयोजित भइरहेको छ। यस वर्षको एक्स्पोको थिम मुलुक नेपाल रहेको छ। हिमालको काखमा रहेको देश भन्ने नेपाली थिम मण्डपमा हरेक दिन ठूलो संख्यामा आगन्तुकहरु आकर्षित हुँदै आएका छन्।

नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेतृत्व गर्नु भएको प्रतिनिधिमण्डलको दक्षिण एसिया एक्स्पोमा भाग लिइरहेको छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको विदेश मामिला कार्यालयका निर्देशक वाङ यीले नेपाली उपराष्ट्रपति यादवसँगको वार्तामा भन्नुभयोः दुवै पक्षले हिमालय पार त्रिआयामिक इन्टरकनेक्सन नेटवर्क निर्माणमा निरन्तरता दिनुपर्छ र उच्च गुणस्तरिय 'बेल्ट एण्ड रोड' संयुक्त निर्माण गर्नुपर्छ। सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनलाई गतिशील पार्नुपर्छ र नेपालको विकास तथा पुनरुत्थानमा सहयोग दिन आवश्य छ। चिनियाँ बजारमा थप विशिष्ट र उच्च गुणस्तरीय नेपाली उत्पादनको स्वागत गर्दै चिनियाँ उद्यमहरू नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै जाने छौँ।

चीन र नेपालबीचको सहयोगलाई चीन र दक्षिण एशियाली मुलुकको आर्थिक व्यापारिक आदानप्रदानको एउटा प्रतीक मानिन्छ। विगत केही दशकमा, चीन बिस्तारै दक्षिण एशियाली मुलुकको मुख्य व्यापारिक र आर्थिक साझेदार बनेको छ। हालसम्म चीनले दक्षिण एशिया क्षेत्रमा लगानी गरेको कूल रकम लगभग १५ अर्ब अमेरिकी डलर पुगेर सम्बन्धित परियोजनाको कारोबार रकम २ खर्ब अमेरिकी डलर पुगेको छ। चीनले दक्षिण एशियाली मुलुकको विकास गरेको र क्षेत्रीय आपसी सम्पर्कमा योगदान दिएको तथा यसबाट चीन विकासको ठूलो अवसर, ठूलो श्रेष्ठता र भविष्य प्रदर्शन भएको छ।

महत्वपूर्ण सहयोग चौतारोका रूपमा चीन-दक्षिण एशिया एक्स्पोले संयुक्त सहयोग र विकास गर्ने सहमति जनाएर खुला विश्व अर्थतन्त्रको स्थापनालाई अघि बढाउने र विश्व विकास प्रस्तावको व्यवहारमा उतार्ने शक्ति दिएको छ।

यस वर्ष चीन-दक्षिण एशिया एक्स्पोको आयोजना भएको दशौँ वार्षिकोत्सव भएको र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ‘बेल्ड एण्ड रोड’ प्रस्तावको प्रस्तुत गर्नुभएको दशौँ वर्षगाँठ पनि हो। दश वर्षयता,चीन र दक्षिण एशियाली मुलुकले निरन्तर ‘बेल्ड एण्ड रोड’को निर्माण गर्दै, संयुक्त रूपमा क्षेत्रीय सुरक्षा र विकसित वातावरणको संरक्षण गर्दै आएका छन्। आपसी सम्पर्क,पूर्वाधार र व्यापार लगानीमा ठूलो प्रगति हासिल गर्नुका साथै क्षेत्रीय हजारौँ वर्षको सभ्यता आदानप्रदानमा पनि नयाँ जीवन्त शक्ति थपिको छ र क्षेत्रीय सहयोगलाई दृढ जनमत आधार प्राप्त भएको छ।