चाइना मिडिया ग्रूप र दक्षिण अफ्रिकन ब्रोडकास्टिङ कर्पोरेसनबाट वृत्तचित्र छायाङ्कन शुरू
2023-08-24 10:29:52CRI
Share with:

१५ औं ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भाग लिँदै दक्षिण अफ्रिकाको सफल राजकीय भ्रमणको अवसरमा स्थानीय समयअनुसार अगस्ट २३ मा चाइना मिडिया ग्रूप र दक्षिण अफ्रिकन ब्रोडकास्टिङ कर्पोरेसनको सहकार्यमा "२५ वर्षमा चाइना-दक्षिणथ अफ्रिका मित्रता तथा सहयोगको रेकर्ड" शीर्षकको वृत्तचित्रको संयुक्त छायाङ्कनको घोषणा गरिएको छ। दाजुभाइको प्रगाढ भावना बोक्ने चीन-दक्षिण अफ्रिका सम्बन्धको रेकर्ड गर्दै हातमा हात मिलाएर आपसी उच्चस्तरीय संयुक्त भाग्य समुदायको निर्माण गर्ने उज्ज्वल भविष्यलाई सो वृत्तचित्रमा देखाइने छ।

चाइना मिडिया ग्रूपका निर्देशक शन हाइस्योङ र दक्षिण अफ्रिकी ब्रोडकास्टिङ कर्पोरेसन (एसएसी)का प्रथम कार्यकारी अधिकृत वार्डर सेइराका प्रतिनिधि, प्रथम वित्तीय अधिकृत योलान्डी भान बिल्जोनले संयुक्त रुपमा उक्त वृत्तचित्रको छायाङ्कन शुभारम्भ गर्नुभएयो। साथै पारस्परिक सम्झौताको आदानप्रदानको पनि साक्षी बस्नुभयो। चाइना मिडिया ग्रूपको सम्पादकीय बोर्डका सदस्य तथा दक्षिण अफ्रिकी ब्रोडकास्टिङ कर्पोरेसनका प्रथम अपरेटिङ अधिकृतले सह-छायाङ्कन सम्झौता आदानप्रदान गर्नुभयो।

'२५ वर्षमा चाइना-दक्षिण अफ्रिका मित्रता तथा सहयोगको रेकर्ड ' शृङ्खला वृत्तचित्रमा चीन र दक्षिण अफ्रिकाबीच कूटनीतिक, आर्थिक सहयोग र जनस्तरको आदानप्रदान क्षेत्रमा गरिएको सहयोगका उपलब्धिहरूलाई प्रस्तुत गरिने छ भने चीन-दक्षिण अफ्रिका मैत्रीपूर्ण सहयोगलाई जीवन्त कथामार्फत देखाइने छ। चाइना मिडिया ग्रूप र दक्षिण अफ्रिकन ब्रोडकास्टिङ कर्पोरेसनको टेलिभिजन र नयाँ मिडिया प्लेटफर्ममार्फत यो वृत्तचित्र चिनियाँ र अङ्ग्रेजी भाषामा एकैसाथ प्रसारण हुने योजना छ।