सी चिनफिङ र क्यूबाका राष्ट्राध्यक्ष डियाज क्यानेलबीच भेटघाट
2023-08-24 10:04:04cri
Share with:

स्थानीय समयअनुसार अगष्ट २३ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जोहान्सबर्गमा ब्रिक्स मुलुकका नेताहरूको १५औं भेटवार्ताको अवसरमा क्यूबाका राष्ट्राध्यक्ष मिगुएल डियाज क्यानेलसँग भेटघाट गर्नुभएको छ।

सी चिनफिङले चीनले क्यूबालाई चीनको केन्द्रीय मामिलामा सधैं नै चीनको समर्थन गरेको प्रशंसा गर्दै चीनले क्यूबालाई राष्ट्रिय सर्वभौमिकताको संरक्षण गर्न, बाहिरी हस्तक्षेप र नाकाबन्दीको विरोध गर्न निरन्तर रुपमा समर्थन दिने, क्यूबाको आर्थिक तथा सामाजिक विकासकका लागि समर्थन दिने कुरा बताउनुभयो।

सीले चीनले क्यूबाले आगामी महिना “७७ मुलुक समूह र चीन” शिखर सम्मेलनको सफलताका साथ आयोजना गर्न समर्थन दिएको, क्यूबा र अरु ७७ मुलुक समूहका सदस्यसँग विकासोन्मुख मुलुकहरूको साझा हित र विकास अधिकारको राम्रोसँग संरक्षण गर्ने आशा लिएको कुरामा जोड दिनुभयो।

जवाफमा क्युबाका राष्ट्राध्यक्ष क्यानेलले क्यूबाले राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्रस्तुत गरिएको विश्व विकास प्रस्ताव, विश्व सुरक्षा प्रस्ताव, विश्व सभ्यता प्रस्तावको समर्थन दिएको, चीनसँग “बेल्ट एण्ड रोड”को साझा निर्माणको सहयोगलाई सबल पार्ने, क्यूबा र चीनको भाग्य समुदायको सिर्जना गर्ने आशा लिएको कुरा बताउनुभयो।