चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र बंगलादेशकी प्रधानमन्त्री हसिनाबीच भेटघाट
2023-08-24 09:58:52cri
Share with:

स्थानीय समयअनुसार अगष्ट २३ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जोहान्सबर्गमा ब्रिक्स मुलुकका नेताहरूको १५औं भेटवार्ताको अवसरमा बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गर्नुभएको छ।

भेटवार्तामा सीले चीनले बंगलादेशसँग विभिन्न क्षेत्रको व्यवहारिक सहयोगलाई सबल पार्ने, चीन र बंगलादेशको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ भर्‍यांगमा चढाउने र दुई मुलुकका जनतालाई लाभ दिने आशा लिएको कुरा बताउनुभयो।

सीले चीनले बंगलादेशलाई राष्ट्रिय सर्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अक्षुण्णताको संरक्षण गर्न, स्वदेशी एकता र स्थिरताको संरक्षण गर्न समर्थन दिनुका साथै बंगलादेशसँग केन्द्रीय हितमा आपसी समर्थन कायम राख्ने कुरामा जोड दिनुभयो।  

प्रत्युत्तरमा बंगलादेशकी प्रधानमन्त्री हसिनाले सन् २०१६मा राष्ट्राध्यक्ष सी चिनफिङले बंगलादेशको राजकीय भ्रमण गर्नुभएको र यो दुई मुलुकको सम्बन्धको कोसेढुँगा बनेको स्मरण गर्नुभयो। हसिनाले राष्ट्राध्यक्ष सी चिनफिङले “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गर्नुभएको दशौं वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना दिनुका साथै “बेल्ट ए‍ण्ड रोड”को साझा निर्माणले बंगलादेशका लागि विकासको नयाँ ढोका खोलेको कुरा बताउनुभयो। बंगलादेशले चीनसँग द्विपक्षीय सम्बन्धलाई सबल पार्ने, ब्रिक्सआदि बहुपक्षीय प्रणालीको सहयोग बढाउने आशा लिएको कुरा पनि हसिनाले व्यक्त गर्नुभयो।