ब्रिक्सको विस्तार पछि कसरी उच्च गुणस्तरीय विकास गर्ने?
2023-08-25 15:58:02cri
Share with:

स्थानीय समय अनुसार अगष्ट २४ तारिख बिहान ब्रिक्स नेताहरूको १५ औँ बैठकले दक्षिण अफ्रिकाको जोहानसबर्गमा विशेष पत्रकार सम्मेलन गरी साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, अर्जेन्टिना, इरान र इथियोपियालाई आधिकारिक रूपमा ब्रिक्स परिवारको सदस्य बन्न आमन्त्रित गरेको घोषणा गरेको छ।

यो एक ऐतिहासिक विस्तार हो र यस ब्रिक्स शिखर सम्मेलनको सबैभन्दा महत्वपूर्ण उपलब्धि मध्य एक हो जसले विकासोन्मुख देशहरूसँग एकता र सहकार्य गर्ने ब्रिक्स राष्ट्रहरूको दृढ संकल्प झल्काउँछ। ब्रिक्सको विस्तारले विचारलाई अवधारणाबाट वास्तविकतातर्फ चीनले महत्वपूर्ण भूमिका खेलेको छ। सन् २०१७ मा स्यामन ब्रिक्स शिखर सम्मेलनमा चीनले "ब्रिक्स प्लस" सहयोग मोडेलप्रस्ताव गरेको थियो। सन् २०२२ मा बेइजिङमा भएको ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ पक्षले ब्रिक्स विस्तारको प्रक्रियालाई प्रवर्द्धन गर्नुपर्ने स्पष्ट रूपमा बताएको थियो।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जोहानसबर्ग शिखर सम्मेलनमा ब्रिक्स राष्ट्रहरूले आर्थिक विकासलाई प्रवर्द्धन गर्नआर्थिक, व्यापारिक र वित्तीय सहयोगलाई गहिरो बनाउन, शान्ति कायम गर्नराजनीतिक र सुरक्षा सहयोग विस्तार गर्न, सांस्कृतिक आदानप्रदानलाई सुदृढ गर्न सभ्यताहरूबीच आपसी सिकाइलाई प्रवर्द्धन गर्न, निष्पक्षता कायम गर्न जोड दिनुभएको थियो।

राजनीतिक-सुरक्षा सहकार्य अर्को महत्वपूर्ण पक्ष हो। सुरक्षा विकासको पूर्वशर्त हो। ब्रिक्सको राजनीतिक र सुरक्षा सहयोग विस्तार गर्ने चीनको प्रस्तावले विश्वका शान्तिप्रेमी जनताको साझा आकांक्षालाई प्रतिबिम्बित गर्दछ र शान्तिपूर्ण विकासको सामान्य दिशामा अडिग रहेको र विश्व शान्ति कायम गर्न आफ्नो शक्तिको योगदान ब्रिक्सका लागि अनुकूल छ।