नेपालजस्तै भविष्य पनि आशाजनक छ
2023-08-25 09:59:08CRI
Share with:

हालै नेपालसँग सम्बन्धित केही समाचारबाट धेरै चिनियाँहरूको ध्यान आकर्षित गरिएको छ, भारतीय बजारमा गोलभेडा लगायत खाद्य पदार्थको मूल्य उच्च छ र नेपालले भारतमा गोलभेडा निर्यात गर्न थालेकोले भारतको मुद्रास्फीतिको प्रभावलाई कम पार्ने आशा भारतले गर्दै छ। यसबाहेक नेपालको गत आर्थिक वर्ष२०७९/२०८०मा नेपालले आफ्नो दोस्रो ठूलो विदेशी व्यापार साझेदार चीनमा रु १७६ करोड बराबरको सामान निर्यात गरेको छ। यसले गर्दा पोहोर सालको दाँजोमा चीनसँगको व्यापार ११८ प्रतिशतले वृद्धि भएको छ भने निर्यात परिमाण दोब्बर भएको छ।

यसै क्रममा धेरै भन्दा धेरै चिनियाँहरूले घरमै नेपाली हाते वस्तु, जडीबुटी, कृषिजन्य उत्पादन लगायत मन पर्ने नेपाली उत्पादनहरू किन्न सक्छन्। नेपालको निर्यातमा उल्लेखनीय वृद्धि हुनुका पछाडि उत्पादन लगायत सम्बन्धित उद्योगहरूको विकासको बलियो समर्थनसँग अविभाज्य छ। नेपालसँग हिमाल र नदीनाला जोडिएको मैत्रीपूर्ण छिमेकी चीनका सर्वसाधारणहरू नेपालको उत्पादन क्षमताको प्रशंसा गरेको साथै नेपालको निर्यात क्षमतामा व्यापक सुधार भएकोमा अत्यन्तै खुसी छन्।

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गरेको सबैभन्दा ठूलो स्रोत हो। नेपालको विकास प्रक्रियामा चीन जहिले पनि नेपालमा विश्वासिलो र मैत्रीपूर्ण सहयात्री रहँदै आएको छ। चिनियाँ सहयोगमा निर्मित अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, पोखरा–बाग्लुङ राजमार्ग,  काठमाडौँ चक्रपथ जस्ता पूर्वाधारहरू नेपालको आर्थिक विकासमा महत्वपूर्ण खम्बाहरू हुन्। सन्२०१७ मा नेपाल बेल्ट एण्ड रोड अवधारणामा सामेल भएदेखि नेपाल र चीनबीच विभिन्न क्षेत्रमा भएको वस्तुगत सहकार्य गहन र फराकिलो रूपमा विकसित भइरहेको छ। जसबाट दुई देशको विकास तथा क्षेत्रीय कनेक्टिभिटीमा ठोस योगदान पुर्याइरहेको छ।

बेल्ट एण्ड रोड अवधारणा सम्बद्ध मुलुकहरू कनेक्टिभिटीको प्रवर्द्धन गर्न प्रतिबद्ध छन्। चालू वर्ष चीनले बेल्ट एण्ड रोड अवधारणा प्रस्तुत गरेको १०औं वार्षिकोत्सव हो। बीआरआईको प्रारूपमा चीन र नेपालले आपसी सहयोगका सम्भाव्यतालाई व्यवहारमा उतार्दै जाने छन् र साझा समृद्धिको दिशामा सँगसँगै अगाडि बढ्दै जाने विश्वास छ।