चीनमा अध्ययनरत मंगोलियाली विद्यार्थी बायरको विचारमा “बेल्ट एण्ड रोड”को साझा निर्माणले मंगोलिया र चीन दुबै मुलुककालागि अवसर
2023-08-25 09:35:12cri
Share with:

चिनियाँ भाषा फरर बोल्नसक्ने र चिनियाँ बीचको कुराकानी पनि सहजरूपमा बुझ्नसक्ने मंगोलियाली युवा बायरले चीनमा अध्ययन सँगसँगै बसोबास गर्नथालेको धेरै वर्ष भइसकेको छ। हाल उनी छिङ व्हा विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विषयका विद्यार्थी हुन्। उनले भविष्यमा मंगोलिया र चीनको सम्बन्धको अझै सुन्दर भविष्यका लागि आफ्नो योगदान दिने आशा लिएका छन्।

“सामान्यतया मैले आफू मंगोलियाबाट आएको भनेर बताइन भने अरू सबैलाई म विदेशी भन्ने थाहा हुँदैन।”

बायरको उक्त कुराबाट चीनप्रति उनको माया र गौरव झल्किएको छ। बायर सानैमा चीन आएका थिए। उनले पैचिङको एक अन्तर्राष्ट्रिय विद्यालयमा प्राथमिक तहको अध्ययन गरेका थिए। प्राथमिक विद्यालयबाट स्नातक भएपछि उनी मंगोलिया फर्केका थिए। पछि उनले विश्वविद्यालयमा पढ्न पैचिङलाई छनौट गरेका हुन्। बायरकाअनुसार, हालैका वर्षहरूमा चीनको समष्टिगत क्षमता बलियो भएको छ साथै उच्च गुणस्तरको “बेल्ट एण्ड रोड”को साझा निर्माण निरन्तर रुपमा गहिरो भएको छ र चिनियाँ सँस्कृति मंगोलियामा लोकप्रिय छ। बायर भन्छन् “हाल चीनको विकास अझै उच्चस्तरीय भएको छ। मेरो विचारमा चिनियाँ भाषाको सिकाई एक राम्रो छनौट हो। चिनियाँ भाषा सिकेका मानिसले राम्रो भविष्य बनाउनसक्ने छन्।”

चीन र मंगोलिया असल छिमेकी हुन्। कोरोनाभाइरस महामारी अवधिमा चीन र मंगोलियाले एक अर्कालाई समर्थन र सहयोग गरेका थिए। महामारीको शुरूमा मंगोलियाले चीनको महामारीविरुद्ध समर्थन दिनका लागि चीनलाई ३० हजार वटा भेडा चन्दास्वरूप दिएको थियो। पछि चीनले मंगोलियालाई खोप उपलब्ध गराएको थियो। ती खोपले हजारौँको ज्यान बचाएको छ। बायर भन्छन् “मंगोलियाका जनताको हैसियतमा मैले यो मंगोलिया र चीनले लामो समयदेखि मित्रता कायम राखेको कारण प्राप्त गरेको नतिजा हो। आवश्यक समयमा दुई मुलुकले एक अर्कालाई मद्दत दिएका थिए। यसबाट मंगोलिया र चीनबीचको मित्रता प्रतिविम्वित भएको छ।”

मंगोलिया सबैभन्दा छिटो “बेल्ट एण्ड रोड”प्रस्तावलाई समर्थन दिने मुलुकहरुमध्येको एक हो। चीन लगातार धेरै वर्षसम्म मंगोलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र लगानी मुलुक बनेको छ। दुई पक्षले धेरै परियोजनाहरू कार्यान्वयन गरेका छन्। ती परियोजनाहरूले स्थानीय आर्थिक विकास र सर्वसाधारणको जीवन सुधारका लागि सहयोग गरेका छन्। बायरकाअनुसार, “बेल्ट एण्ड रोड”को साझा निर्माण हाल मंगोलिया र चीन यी दुबै मुलुकको सहयोगको नयाँ अध्याय उघार्ने बिन्दू हो। यसले मंगोलिया र चीन यी दुबै मुलुकका लागि मौका र उज्ज्वल विकासको भविष्य ल्याउने छ।