सी चिनफिङ र दक्षिण अफ्रिकी राष्ट्रपतिद्वारा चीन-अफ्रिका शिखर वार्ताको अध्यक्षता
2023-08-25 10:06:10cri
Share with:

स्थानीय समय अगष्ट २४ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र दक्षिण अफ्रिकाका राष्ट्रपति माटामेला सिरिल रामाफोसाले जोहान्सबर्गमा चीन-अफ्रिका नेताहरूको वार्ताको संयुक्त रुपमा अध्यक्षता गर्नुभएको छ।

सी चिनफिङले “आधुनिकीकरण कार्यको संयुक्त रुपमा प्रबर्द्धन, चीन र अफ्रिकाको सुन्दर भविष्यको सिर्जना” शीर्षकका सम्बोधन पनि गर्नुभयो।  

चिनियाँ राष्ट्राध्यक्ष सीले अफ्रिकाको दशौं पटक भ्रमण गर्नु भएको भन्दै विगत दश वर्षयता चीनले अफ्रिकी मित्रहरूसँग मिलेर एकता र सहयोगको बाटोमा अगाडि बढाएको उल्लेख गर्नुभयो। उहाँले कोरोना भाइरस महामारी नियन्त्रणमा एकअर्कालाई सहयोग गरेको र चीन तथा अफ्रिकाको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने कामसँगै चीन र अफ्रिकाको भाग्य समुदायको सिर्जना गर्ने नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्नुभयो।

चिनियाँ राष्ट्राध्यक्ष सीले अफ्रिकी संघलाई बीस मुलुक समूहका सदस्य बन्न चीनले सक्रियताका साथ अगाडि बढाउने र बहुपक्षीय मौद्रिक संस्थानसँग अफ्रिकी मुलुकको बोल्न पाउने अधिकार बढाउन आह्वान गर्ने कुरामा जोड दिनुभयो।