चिनियाँ शैलीको आधुनिकीकरणको प्रक्रियामा सुन्दर सिन्च्याङ निर्माणमा जोड
2023-08-27 16:54:40cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सिन्च्याङ उइगुर स्वायत्त प्रदेश अन्तर्गत कम्युनिष्ट पार्टी र सरकारबाट प्रस्तुत गरिएको कार्य प्रतिवेदन सुनेर केही महत्वपूर्ण भनाइ राख्नु भएको छ। उहाँका अनुसार नयाँ युगमा चिनियाँ कम्युनिष्ट पार्टीले सिन्च्याङलाई प्रशासन गर्ने रणनीतिलाई सम्पूर्ण, सही र व्यापकको रूपमा कार्यान्वयन गर्नुपर्ने र देशको समग्र स्थितिमा सिन्च्याङको रणनितिक स्थितिलाई दृढतापूर्वक बुझ्नुपर्ने छ।  

 

सिन्च्याङ निर्माण कार्यको समग्र लक्ष्यका अनुसार सिन्च्याङलाई कानुन अनुसार प्रशासन गर्नुपर्ने, सिन्च्याङलाई एकताबद्ध र स्थिर बनाउनुपर्ने, सिन्च्याङको संस्कृतिको निर्माण गर्नुपर्ने, सिन्च्याङका बासिन्दाहरूलाई समृद्ध बनाउने र सिन्च्याङको अर्थतन्त्रको पुनरुत्थान गर्नुपर्ने छ।

 

चिनियाँ शैलीको आधुनिकीकरणको प्रक्रियामा सिन्च्याङलाशान्तिपूर्ण र सन्तुष्टिमा बसोबास र काम गर्नसक्ने क्षेत्र, एकताबद्ध र मेलमिलापयुक्त ठाउँ, समृद्ध, सभ्य र प्रगतिशील सुन्दर प्रदेशको निर्माण गर्नुपर्ने छ।